बुधबार, असार १८,२०८२ 12:53:08
  • बुधबार, असार १८,२०८२ 12:53:08
Global IME Bank Limited

सेग्मेन्ट फस्ट पेरिस्कोप लेन्ससहित रियलमी १२ प्रो प्लस अब नेपालमा, यस्तो छ मूल्य र आकर्षक फिचर्स

Hyundai Nepal
सेग्मेन्ट फस्ट पेरिस्कोप लेन्ससहित रियलमी १२ प्रो प्लस अब नेपालमा, यस्तो छ मूल्य र आकर्षक फिचर्स
Nabil Bank Limited

काठमाण्डौ । स्मार्टफोन ब्राण्ड रियलमीले नेपालमा रियलमी १२ प्रो प्लस ल्याएको छ । सेग्मेन्ट फस्ट पेरिस्कोप लेन्स, आकर्षक डिजाईन तथा आकर्षक मुल्यको साथ रियलमी १२ प्रो प्लस ले नेपालको स्मार्टफोन बजारमा ल्याएको हो ।  

यो फोनले नयाँ तरङ्ग ल्याउने कम्पनीले अपेक्षा राखेको छ । फ्ल्यागशिप ओम्नि फोकल मास्टरशट एल्गोरिथ्म भएका ेरियलमी १२ प्रो प्लसले उच्च स्तरको टेलिफोटोहरु लिन सक्छ । जसले गर्दा प्रयोगकर्ताहरुले राम्रोसँग प्राकृतिक बोके एफेक्टको साथ प्रोफेसनल देखिने पोट्रेटहरू खिच्न सक्छन् ।

रियलमी नेपालका कन्ट्री हेड मनिष गिरीले भने, ‘रियलमी १२ प्रो प्लस नेपाली बजारमा ल्याउन पाउँदा हामी उत्साहित छौँ । हामीलाई आशा छ कि यसको पेरिस्कोप क्यामराले नेपाली प्रयोगकर्ताहरुलाई स्मार्टफोनमा नयाँँ अनुभव प्रदान गर्नेछ ।’

डिजाईन र डिस्प्ले

रियलमी १२ प्रो प्लसमा ६.७ ईन्चको सुपर एमोलेड डिस्प्ले तथा फुलएचडी रिजोलुसन रहेको छ । जसले प्रयोगकर्ताहरुलाई रङ्गिन तथा सार्प कन्ट्रास्ट स्क्रिनको अनुभव प्रदान गर्छ । फोनसँगको हरेक अन्तरक्रियालाई रमाइलो बनाउनको लागि रियलमी १२ प्रो प्लसमा १२० हट्जको रिफ्रेस रेट राखिएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

दमदार पर्फर्मेन्स तथा स्टोरेज

क्वाल्कम स्न्यापड्रयागन ७ एस जेन २ प्रोसेसर तथा ४ एनएम अक्टा सीपीयूमाचल्ने रियलमी १२ प्रो प्लसमा धेरै एपहरु चलाउँदा पनि एकदमै छिटो काम गर्ने कम्पनीले दाबी गरेको छ । यो फोनमा १२ जिबीको र्यामसँग ५१२ जिबीको आन्तरिक स्टोरेज दिइएको छ जुन आवश्यकताअनुसार २४ जिबीसम्म बढाउन पनि सकिन्छ ।  

पेरिस्कोप क्यामरा

फोटोग्राफी तथा भिडियो निर्माणमा चाख राख्नेहरुको लागि रियलमी १२ प्रो प्लसको क्यामरा अति उपयोगी रहेको छ ।  ६४ मेगापिक्सेलको पेरिस्कोप क्यामेरा, ओम्नि भिजन ओभि ६४ बी सेन्सर र ओआईएस, अत्याधिक सफा फोटोको लागि ५० मेगापिक्सेलको सोनि आईएमएक्स ८९० ओआईएस क्यामरा,  ८ मेगापिक्सेलको ११२ डिग्रीको वाइड एङ्गल क्यामरा र ३२ मेगापिक्सेलका सोनि आईएमएक्स ६१५ सेल्फीक्यामरा जस्ता अत्याधुनिक सुविधाहरु रियलमी १२ प्रो प्लसमा उपलब्ध छ । यी अत्याधुनिक क्यामराहरुले प्रयोगकर्तालाई अटो जुम, सुपर नाईटस्केप, स्टारी मोड प्रो तथा फोर के भिडियो रेकर्डिङ्ग जस्ता फिचरहरु प्रदान गर्छ ।  

टिकाउ ब्याट्री तथा सुपर फास्ट चार्जिङ्ग

६७ वाटको सुपर भोक सुपर फास्ट चार्जिङ्ग युक्त ५ हजार एमएएच्को ब्याट्रीले गर्दा रियलमी १२ प्रो प्लसका प्रयोगकर्ताहरुले थोरै समय चार्ज गरेरै धेरै समयसम्म फोन चलाउन सक्छन् । यो फोनको खरिदमा ६७ वाटको सुपरभोक चार्जिङ्ग एडप्टर तथायूएसबी टाईप–सी केबल निःशूल्क पाईन्छ ।  

रियलमी १२ प्रो प्ल्स १२ जिबी र्याम र २५६ जिबीको स्टोरेज भेरियन्टमा उपलब्ध छ । सबमरिन ब्लू,एक्सप्लोरर रेड, रन्याभिगेटर बिजरङ्गमा उपलब्ध रियलमी १२ प्रो प्लस को मुल्य ५० हजार ९९९ रहेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.