बुधबार, असार १८,२०८२ 01:23:23
  • बुधबार, असार १८,२०८२ 01:23:23
Global IME Bank Limited

विश्वकै पहिलो डुअल स्क्रिन भएको ल्यापटप लञ्च, यस्ता छन् फिचर्स

Hyundai Nepal
विश्वकै पहिलो डुअल स्क्रिन भएको ल्यापटप लञ्च, यस्ता छन् फिचर्स
Nabil Bank Limited

काठमाण्डौ । हालका मितिसम्म विश्वभर सिंगल स्क्रिन भएको ल्यापटप प्रयोग भईरहेको छ । तर अब विश्वमै पहिलोपटक डुअल(दुईवटा)स्क्रिन भएको ल्यापटप समेत लञ्च भएको छ । दुईवटा स्क्रिन भएको यो ल्यापटपको नाम एसम्याजिक एक्सवान हो ।  

यो ल्यापटपमा अगाडि पछाडि गरेर दुईवटा स्क्रिन रहेको छ । यो स्क्रिनलाई ३६० डिग्रीमा घुमाउन पनि सकिन्छ । यसलाई फ्लिप स्क्रिन समेत भन्न सकिन्छ । यदि प्रयोगकर्ताले यसलाई साइड बाई साइड डिस्प्ले जस्तै प्रयोग गर्न चाहन्छन् भने सजिलै गर्न सक्छन् ।  

यो ल्यापटपमा ब्याक टु ब्याक मोड पनि दिइएको छ । जसको सहायताले अगाडि बसेको व्यक्तिलाई पनि ल्यापटपको स्क्रिन देखाउन सकिन्छ । यस्तोमा यो ल्यापटप स्क्रिन प्रिजेन्टेशन,प्लेइङ गेम्स र चलचित्र आदि हेर्न धेरै नै उपयोगी हुनसक्ने जनाइएको छ । यसको मूल्यको बारेमा केहि पनि जानकारी उपलब्ध गराइएको छैन ।  

CG Motors
Muktinath Bikas Bank Limited

उसो त बजारमा कयौँ प्रकारका डुअल स्क्रिन भएका ल्यापटप पाइन्छन् । तर यी ल्यापटपको स्क्रिन एउटै आकारको भने हुँदैन । न त यी ल्यापट भर्टीकली रुपमा एक अर्कामा जोडिएका नै हुन्छन् ।  

एसम्याजिक एक्सवानमा १२ औं जेनेरेशन इन्टेल कोर आई सेभेन १२५५यु प्रोसेसर प्रयोग गरिएको छ । यसमा १४ इन्चको फुल एचडी स्क्रिन रहेको छ । यो ल्यापटप १६ जीबी डुअल च्यानल डीडीआर४ र्याम र १टीबी एसएसडी स्टोरेजमा उपलब्ध छ ।  

यो ल्यापटप युएसबी टाइप सी, युएसबी ३.० टाइप ए र एचडीएमआई २.० पोर्ट, दुईवटा युएसबी सी पोट्समध्ये कुने एकबाट चार्ज गर्न सकिन्छ । यसमा वाइफाई ६,ब्लूटुथ ५.२ सपोर्ट पनि उपलब्ध छ ।    

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.