बिहीबार, असार १९,२०८२ 04:35:32
  • बिहीबार, असार १९,२०८२ 04:35:32
Global IME Bank Limited

माछापुच्छ्रे बैंकमा बढूवा: डिसीईओ बने अर्याल, डिजिएममा जमरकट्टेल

Hyundai Nepal
माछापुच्छ्रे बैंकमा बढूवा: डिसीईओ बने अर्याल, डिजिएममा जमरकट्टेल
Nabil Bank Limited

काठमाण्डौ । माछापुच्छ्रे बैंकले प्रसिद्धराज अर्याललाई नायव प्रमुख कार्यकारी अधिकृत(डिसीइओ) र सुभाष जमरकट्टेलाई नायव महाप्रबन्धक(डिजिएम)मा बढुवा गरेको छ ।  

बैंकको असार २७ गते बसेको सञ्चालक समितिकोबैठकले २०८१ साउन १ गतेदेखि लागू हुने गरी अर्याल र जमरकट्टेलाई बढुवा गरेको हो। 

CG Motors
Muktinath Bikas Bank Limited

काठमाडौं विश्वविद्यालयबाट व्यपार प्रशासन संकायमा स्नातकोतर गरेका अर्यालसँग कर्जा,  ट्रेजरी तथा करेसपोन्डेन्ट बैंकिङ्ग, शाखा सञ्चालन र लघुवित्त जस्ता विभिन्न बैंकिङ्ग क्षेत्रमा १६ वर्षभन्दा बढीको अनुभव हासिल गरेका छन् ।  

अर्याल यसअघि सिभिल बैंक लिमीटेड, सनराइज बैंक लिमीटेड र नेपाल इन्भेष्टमेन्ट बैंक लिमीटेडमा समेतमा रही विभिन्न पदमा काम गरिसकेका छन् ।  

यसैगरी, सन् २०१० देखि आफ्नो बैंकिङ करिअर सुरु गरेका जमरकट्टेल सन् २०११ देखि माछापुच्छ्रे बैंक लिमीटेडमा आबद्ध रहेका छन् । उनी लेखा र बैंकिङ क्षेत्रमा विशेषज्ञता भएको उच्च दक्ष र अनुभवी चार्टर्ड एकाउन्टेन्टको रुपमा चिनिने बैंकले जनाएको छ ।  

उनले इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट अफ इण्डियाबाट चार्टर्ड एकाउन्टेन्सी र नेपालको त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन तथा कानूनमा स्नातक तहको डिग्री प्राप्त गरेका छन् । यसबाहेक उनले एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी), थाइल्याण्डबाट बैंकिङ र फाइनान्समा प्रोफेसनल मास्टर्स डिग्री समेत हासिल गरेका बैंकले जनाएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.