बुधबार, असार १८,२०८२ 11:32:01
  • बुधबार, असार १८,२०८२ 11:32:01
Global IME Bank Limited

प्रधानमन्त्रीको नेतृत्वमा निजी क्षेत्र सम्मिलित आर्थिक सुधार आयोग गठन गर्न एफएनसीसीआईको माग

ओलीले भने-'निजी क्षेत्र प्रोत्साहित हुने नीति अबलम्बन गरिनेछ'

Hyundai Nepal
प्रधानमन्त्रीको नेतृत्वमा निजी क्षेत्र सम्मिलित आर्थिक सुधार आयोग गठन गर्न एफएनसीसीआईको माग
Nabil Bank Limited

काठमाण्डौ । निजी क्षेत्रको मनोबल बढने र लगानी प्रोत्साहन हुने नीति सरकारले अवलम्बन गर्ने नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आश्वासन दिएका छन् ।  

मंगलबार नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)सँगको भेटमा प्रधानमन्त्री ओलीले निजी क्षेत्रको विस्तारबिना बिकास सम्भव नभएको उल्लेख गर्दै उद्यमी व्यवसायीलाई सहज हुने नीति लिइने आश्वासन दिएका हुन् । 

CG Motors
Muktinath Bikas Bank Limited

महासंघका पदाधिकारी एवं कार्यकारिणी समितिका सदस्यहरु सम्मिलित भेटमा प्रधानमन्त्री ओलीले निजी क्षेत्रको सुधारका लागि सरकारले विशेष पहल गर्ने बचन समेत दिए । निजी क्षेत्रबिना अर्थतन्त्र सुधार हुन नसक्ने बताउँदै ओलीले सरकारले उद्यमी व्यवसायीलाई हरसम्भव सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।  

भेटमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलको पनि उपस्थिति थियो ।  

भेटमा मुलुकको अर्थतन्त्रको सुधारका लागि निजी क्षेत्रको मनोबल बढाउनु आवश्यक रहेको महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका थिए ।  

मुलुकको अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत हिस्सा रहेको निजी क्षेत्र विस्तारबाट मात्रै सुधार सम्भव रहेको प्रधानमन्त्री ओलीसँगको भेटमा अध्यक्ष ढकालले बताएका थिए ।

सर्वसाधारण र निजी क्षेत्रलाई दिइने सेवामा सुधार, उद्यमी व्यवसायीले मर्यादित रुपमा व्यवसाय गर्न पाउने वातावरणको सुनिश्चितता एवम् नीतिगत र व्यवहारगत सुधारमार्पmत लगानी अभिवृद्धि गर्न आवश्यक रहेको ढकालको सुझाव थियो ।  

निजी क्षेत्रलाई मर्यादाक्रमा समावेश गर्ने लगायतका गैर मौद्रिक प्रोत्साहन सरकारले दिन सक्ने अध्यक्ष ढकालको भनाइ थियो । उद्यम व्यवसाय सम्वद्ध नियामकीय निकायहरुले एकआपसमा समन्वय बढाई लगानी प्रोत्साहन गर्ने गरी कार्यसम्पादन गर्नु आवश्यक रहेको अध्यक्ष ढकाललको भनाइ थियो ।  

अहिलेको अवस्थामा आम सर्वसाधारण, उद्यमी व्यवसायी र सरकार सबै समस्यामा रहेको स्मरण गराउँदै अध्यक्ष ढकालले बाह्य क्षेत्र सन्तुलित भएका कारण सुधार तत्काल सम्भव भएको पनि दाबी गरेका थिए ।  

अध्यक्ष ढकालले सरकार र निजी क्षेत्रबाट पुर्वाधारमा हुने लगानीलाई कुनै पनि प्रकारले निरुत्साहित गर्न नहुनेमा जोड दिए । साथै आर्थिक बर्षको शुरुमा नै नयाँ सरकार बनेको हुँदा पूँजीगत खर्च बढाउन विशेष पहल आवश्यक रहेको बताए ।  

ढकालले अहिले अर्थतन्त्र सम्वद्ध निकायहरुबीचमा समन्वयको अभाव रहेको दाबी गर्दै अर्थतन्त्रमा सुधारका लागि प्रधानमन्त्री नेतृत्वमा निजी क्षेत्र सम्मिलित आर्थिक सुधार आयोग वा अन्य कुनै संयन्त्र आवश्यक रहेको  बताए ।  

निर्माण व्यवसायीको भुक्तानी र डेडिकेटेड फिडर एवम् ट्रक लाइन सम्बन्धि विवाद तत्काल समाधान गरी उद्यमीव्यवसायीलाई निर्वाध र सहज रुपमा काम गर्न सक्ने वातावरण निर्माण गर्न आवश्यक रहेको पनि अध्यक्ष ढकालले सुझाए ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.