Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 05:29:50
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

कच्चा तेलको मूल्य एक महिनाकै न्यून, प्रतिब्यारेल कति पुग्यो भाउ ?

Laxmi Sunrise Bank Limited
कच्चा तेलको मूल्य एक महिनाकै न्यून, प्रतिब्यारेल कति पुग्यो भाउ ?
Shivam Cement

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य एक महिनामै न्यून कायम भएको छ । पछिल्लो कारोबारमा ब्रेन्ट क्रुडको मूल्य २.९ प्रतिशत अर्थात प्रतिब्यारेल २.४८ डलरले घटेको छ ।  

यससँगै ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ८२.६३ डलरमा झरेको छ ।  

Bizshala
New Office
CG Motors

यस्तै डब्लूटीआई क्रुडको मूल्य पनि ३.२५ प्रतिशत अर्थात प्रतिब्यारेल २.६९ डलरले घटेको छ । यो गिरावटसँगै डब्लूटीआई क्रुडको मूल्य प्रतिब्यारेल ८०.१३ डलर कायम भएको छ । लगानीकर्ताले मध्यपूर्वको गाजामा युद्धविराम हुन सक्ने सम्भावनालाई आधार मानेर कारोबार गर्दा कच्चा तेलको मूल्यमा कमी आएको अन्तराष्ट्रिय मिडियाले जनाएका छन् । गाजामा तनाव बढे यता विश्व आपूर्ति श्रृंखला प्रभावित हुन सक्ने भन्दै लगानीकर्ताले कच्चा तेलको मूल्यमा रिस्क प्रिमियम थप गरेका थिए ।  

यसका साथै बलियो बनेको अमेरिकी डलरका कारण समेत कच्चा तेलको मूल्यमा गिरावट आएको छ । गत शुक्रबार माइक्रोसफ्टको सफ्टवेयरमा आएको समस्याका कारण विश्वभरका विभिन्न उद्योग,हवाई कम्पनी,बैंक, स्वास्थ्य सेवा तथा मिडिया क्षेत्र प्रभावित बनेको थियो ।   

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

9 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.