बुधबार, असार १८,२०८२ 11:48:37
  • बुधबार, असार १८,२०८२ 11:48:37
Global IME Bank Limited

सेटेलाइटमा आधारित इन्टरनेट सेवा लञ्च गर्न श्रीलंका भ्रमण गर्दै मस्क

Hyundai Nepal
सेटेलाइटमा आधारित इन्टरनेट सेवा लञ्च गर्न श्रीलंका भ्रमण गर्दै मस्क
Nabil Bank Limited

काठमाण्डौ । टेस्ला कम्पनीमा मालिक तथा अमेरिकी धनाढ्य एलन मस्कले आगामी महिना श्रीलंकाको भ्रमण गर्ने भएका छन् । श्रीलंकामा स्टारलिंकको सेटेलाइटमा आधारित इन्टरनेट सेवा लञ्च गर्नका लागि मस्कले श्रीलंका भ्रमण गर्न लागेका हुन् ।  

श्रीलंका सरकारले इन्टरनेट सेवा प्रदान गर्नका लागि स्टारलिंकलाई यसअघि नै प्रारम्भिक अनुमति दिईसकेको छ । यसका साथै श्रीलंका सरकारले २८ वर्षपछि देशको दूरसञ्चार ऐनमा संशोधन गरी यो प्रक्रियालाई थप सहजता प्रदान गरेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

श्रीलंकाको दूरसञ्चार नियामकका डाइरेक्टर जनरल मधुसानाका दिशानायकेले स्टारलिंकलाई लाइसेन्स प्रदान गर्ने काम भईसकेको बताएका छन् । उनले यो प्रयोजनका लागि नयाँ ऐनअनुसार नयाँ कानून तथा नियमहरु बनाइएको समेत बताए ।‘हामीले यो कार्यका लागि जुलाईको अन्तिमसम्मको समय दिएका छौं । तर समयसिमा अघि नै काम हुनेमा हामी ढुक्क छौं,’ उनले भने ।  

स्टारलिंक लञ्च भए पनि यसको पूर्ण सञ्चालनका लागि भने केहि साता लाग्ने दिशानायकेले बताए ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.