बिहीबार, असार १९,२०८२ 01:32:04
  • बिहीबार, असार १९,२०८२ 01:32:04
Global IME Bank Limited

फाइनान्सको रिपोर्ट: इपीएस नेगेटिभ भएका कम्पनीमा खराब कर्जाको थुप्रो, कमजोरकै सेयरमूल्य चाहिँ चर्को !

Hyundai Nepal
फाइनान्सको रिपोर्ट: इपीएस नेगेटिभ भएका कम्पनीमा खराब कर्जाको थुप्रो, कमजोरकै सेयरमूल्य चाहिँ चर्को !
Nabil Bank Limited

काठमाण्डौ । तीन महिनाअघिसम्म २१४४ मा सीमित फाइनान्स समूहको उपसूचक बढेर अहिले ३५६८ को उचाईमा पुगेको छ । यसरी हेर्दा तीन महिनाको अन्तरालमा फाइनान्स समूहको उपसूचकमा ६६ प्रतिशतको बढोत्तरी देखिन्छ । यो क्रममा अधिकांश फाइनान्स कम्पनीको दोश्रो बजार मूल्य समेत उछालको गतिमा बढेको छ ।  

पछिल्लो समय जुनबेलादेखि बजारमा बुलिस प्रवृति देखियो, त्यसपछि फाइनान्स समूहका लगानीकर्ताहरुले कुस्त कमाएका छन् । कमजोर वित्तीय अवस्था रहेका कतिपय फाइनान्स कम्पनीको मूल्य कर्नरिङ गरी तीव्र गतिमा बढाइएको छ भने यो क्रममा राम्रो अवस्थाका कम्पनीको मूल्य भने खराबको तुलनामा उल्लेख्य बढ्न सकेको छैन । 

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीहरुले हरेक त्रैमासमा प्रकाशित गर्ने वित्तीय सूचकहरुतर्फ नहेरी लगानीकर्ताहरुले फाइनान्समा पैसा खन्याइरहेका छन् । छोटो समयमै राम्रो रिटर्न आउने भन्दै लगानीकर्ता केन्द्रीत फाइनान्स कम्पनीहरुको आर्थिक वर्ष २०८० ८१ को चौथो त्रैमाससम्मको अवस्था भने केही चाखलाग्दो र फरक छ ।  

सरसर्ती हेर्दा फाइनान्स कम्पनीमध्ये तीनवटाको प्रतिसेयर आम्दानी(इपीएस) नेगेटिभ छ । दुईवटा कम्पनीले यो समाचार तयार पार्दासम्म चौथो त्रैमासको रिपोर्ट सार्वजनिक गरेका छैनन्।

यसरी १३ वटा कम्पनीमध्ये ३ वटाको इपीएस नेगेटिभ, ४ वटा कम्पनीको इपीएस डबल डिजीटमा र बाँकीको इपीएस सिंगल डिजीटमा रहेको देखिएको छ ।  

सबैभन्दा राम्रो इपीएस मञ्जुश्री फाइनान्सको १९.७ रुपैयाँ रहेको छ । त्यसपछि गुड्विल फाइनान्सको १५.७ रुपैयाँ छ भने गोर्खाज फाइनान्सको १२.६ रुपैयाँ रहेको छ । आइसीएफसी फाइनान्सको १० रुपैयाँ रहेको छ ।  

पोखरा फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, सेन्टल फाइनान्सको इपीएस नेगेटिभ छ ।  

इपीएस नेगेटिभ रहेका तीनै कम्पनी घाटामा छन् भने  यिनीहरुमा खराब कर्जाको समेत थुप्रो लागेको छ । १० करोड ५५ लाख घाटामा रहेको पोखरा फाइनान्समा खराब कर्जा अनुपात करिब १० प्रतिशत पुगेको छ ।  

यस्तै, ६ करोड ३८ लाख घाटामा रहेको सेन्ट्रल फाइनान्समा समेत खराब कर्जा अनुपात ८.७७ प्रतिशत रहेको छ भने ३ करोड ८० लाख घाटामा रहेको प्रोग्रेसिभ फाइनान्समा समेत ६.६७ प्रतिशत खराब कर्जा रहेको छ ।

दोश्रो बजारमा प्रतिकित्ता सेयरमूल्य हेर्ने हो भने घाटामा गएका वा कम इपीएस भएका कम्पनीकै चर्को बढेको देखिन्छ । जस्तो इपीएस १ रुपैयाँ ८१ पैसा रहेको नेपाल फाइनान्सको दोश्रो बजारको अन्तिम कारोबार मूल्य रु. १९३८ रुपैयाँ रहेको छ ।  

खराब अवस्थामा रहेका पोखरा फाइनान्सको दोश्रो बजारको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ६२२ रुपैयाँ, प्रोग्रेसिभको ६३० रुपैयाँ र सेन्ट्रलको ६४५ रुपैयाँ रहेको छ ।  

राम्रो इपीएस रहेका मञ्जुश्रीको मूल्य प्रतिकित्ता ७५० रुपैयाँ छ भने गुड्विलको ७७७ रुपैयाँ, गोर्खाजको ८८० रुपैयाँ र आईसीएफसीको ७४२ रुपैयाँ रहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.