बुधबार, असार १८,२०८२ 01:14:31
  • बुधबार, असार १८,२०८२ 01:14:31
Global IME Bank Limited

सामान्य अंकले बढ्यो नेप्से, यस कारण ३ हजार विन्दुमाथि टिक्न सकेन बजार

Hyundai Nepal
सामान्य अंकले बढ्यो नेप्से, यस कारण ३ हजार विन्दुमाथि टिक्न सकेन बजार
Nabil Bank Limited

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा सामान्य अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ०.२० प्रतिशत अर्थात ६.०१ अंकले बढेर २ हजार ९७४.४६ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७० प्रतिशतले बढेर ५३३.८६ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३३ वटा स्क्रिप्टको ४ करोड ९ लाख ५१ हजार ७२० कित्ता सेयर १९ अर्ब १६ करोड ६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार उपेन्द्र पाठक भन्छन्,  ‘बजार समग्रमा मजबुत नै छ । यद्यपी कारोबार र भोल्युम भने घटेको छ । जलविद्युत क्षेत्रमा १० अर्बबराबरको कारोबार भएपछि पुनःत्यो क्षेत्र सुस्त हुन गयो । त्यही कारण बजारमा भोल्युम कम आएको छ । ’

सरकार पूँजी बजारप्रति सकारात्मक नै भएको र राम्रा कम्पनीले छिट्टै लाभांश दिन सुरु गर्ने भएकाले बजार धेरै नघट्ने पाठक बताउँछन् ।

नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष राजन लम्साल बजारले ३ हजारको विन्दु पार गर्न नसकेको बताए । ‘लगानीकर्ताले बजार १ हजार अंकले बढिसकेको भन्दै नाफा बुक बढाएका छन् । लगानीकर्ताले घटेको मूल्यमा सेयर बेच्न नचाहदा र आक्रामक रुपमा सेयर खरिद गर्न पनि नचाहदा भोल्युम घटेको छ । अहिले लगानीकर्ता 'पर्ख र हेर'को अवस्थामा छन् ।’

CG Motors
Muktinath Bikas Bank Limited

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ७ वटा समूहमा हरियाली छायो भने अन्य ६ वटा समूहमा भने रातो पोतियो । आज विकास बैंक समूहमा सर्वाधिक उछाल आयो । यो समूह आज ४.५२ प्रतिशतले बढ्यो । यस्तै बैंकिङ समूह ०.१७ प्रतिशत, वित्त १.२३,होटल १.३१,हाईड्रो ०.५५,जीवन बीमा ०.२८ र म्युचुअल फण्ड०.४९ प्रतिशतले बढ्यो ।  

आज लगानी समूह १.०८ प्रतिशत,उत्पादन तथा प्रशोधन ०.५६,लघुवित्त ०.०२,निर्जीवन बीमा १.१२ र अन्य समूह ०.३० प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज १ अर्ब ३ करोड बढीको सेयर कारोबार भयो । यस्तै अरुण भ्याली हाईड्रोपावरको ४७ करोड ४७ लाख,हिमालयन रि इन्स्योरेन्सको ४४ करोड ८० लाख,ज्योति विकास बैंकको ३७ करोड ४४ लाख र अपि पावर कम्पनीको ३३ करोड १० लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ७ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज तारागाँउ रिजन्सी होटल,नारायणी डेभलपमेन्ट बैंक,ज्याति विकास बैंक,कर्पोरेट डेमलपमेन्ट बैंक,सिन्धु विकास बैंक,सप्तकोशी डेभलपमेन्ट बैंक र थ्रिस्टार हाईड्रोको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

आज बोटलर्स नेपाल(बालाजु)को सेयरमूल्यमा सर्वाधिक गिरावट आयो । यो कम्पनीको सेयरमूल्य आज ३.७३ प्रतिशतले घट्यो । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.