बिहीबार, पुष ३,२०८२ 02:03:21
Bizshala
  • बिहीबार, पुष ३,२०८२ 02:03:21
Bizshala
Global IME Bank Limited
Bizshala

म्युचुअल फण्डहरुको नाफा ५९.२४% ले घट्यो, सबैको न्याभमा गिरावट

Hyundai Nepal
म्युचुअल फण्डहरुको नाफा ५९.२४% ले घट्यो, सबैको न्याभमा गिरावट
Shivam Cement

काठमाण्डौ । म्युचुअल फण्डहरुको नाफामा ५९.२४ प्रतिशतको कमी आएको छ । सञ्चालनमा रहेका ४३ वटा म्युचुअल फण्डले भदौ महिनामा ३ अर्ब ९० करोड ३४ लाख रुपैयाँ मात्रै नाफा कमाएका छन् ।  

यो नाफा अघिल्लो महिनामा साउनको तुलनामा ५९.२४ प्रतिशतले कम हो । साउनमा म्युचुल फण्डहरुले ९ अर्ब ५७ करोड ७३ लाख रुपैयाँ नाफा कमाएका थिए । भदौमा सेयर बजारमा उच्च अंकको गिरावट आउँदा फण्डहरुको नाफा प्रभावित बन्न पुगेको हो ।  

४३ वटा फण्डमध्ये ३ वटा फण्डले भदौमा घाटा समेत ब्यहोर्न पुगेका छन् भने बाँकी सबै फण्डको नाफा साउन महिनाको तुलनामा उल्लेख्य घटेको छ । म्युचुअल फण्डहरुको सेयरबजारमा ठूलो रकम लगानी रहेको हुन्छ । सूचीकृत विभिन्न कम्पनीहरुको सेयरमा फण्डहरुले लगानी गरी त्यसबाट आर्जित मुनाफाबाट आफ्ना इकाईधनीलाई प्रतिफल बाँडेका हुन्छन् ।  

CG Motors
Garima Development Bank
Bizshala

भदौ महिनामा सेयरबजार ह्वात्तै घटेपछि म्युचुअल फण्डहरुको नाफा, प्रतिइकाई खुद सम्पत्ति  मूल्य र लगानीको अवस्थामा नै प्रभाव परेको हो । फण्डहरुको नाफासँगै न्याभ पनि घट्न पुगेको छ भने लगानी रहेको स्टकको मूल्यांकन रकम अर्थात् लगानीको अवस्था नै घट्न पुगेको देखिएको छ ।  

करिब ३ हजारको विन्दुमा रहेको नेप्से परिसूचक भदौ महिनामा लगातार घटेर २५ सयको विन्दुमा आएको थियो । साउनको तुलनामा सेयरबजार लगभग २० प्रतिशतले घटेको थियो । बजारमा गिरावट आएसँगै फण्डहरुको नाफा र लगानीको मूल्यांकन रकम घट्न पुगेको हो ।  

भदौमा सबैभन्दा बढी नाफा कमाउने फण्डमा एनएमबी सरल बचत फण्ड ई रहेको छ । फण्डले २१ करोड ४९ लाख रुपैयाँ नाफा कमाएको छ ।  

त्यस्तै, सिद्धार्थ इक्विटी फण्डले १९ करोड ३८ लाख रुपैयाँ नाफा कमाउँदा सानिमा इक्विटी फण्डले पनि १९ करोड २१ लाख रुपैयाँ नाफा कमाएको छ । त्यस्तै, हिमालयन ८०–२० ले १७ करोड ४१ लाख, प्रभु सेलेक्ट फण्डले १६ करोड ६४ लाख, एनएमबी ५० ले १५ करोड ८८ लाख, एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–२ ले १५ करोड ८० लाख रुपैयाँ, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले १५ करोड ३४ लाख, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ ले १४ करोडढ १० लाख र नबिल ब्यालेन्स्ड फण्ड–३ ले १३ करोड ६८ लाख रुपैयाँ नाफा कमाएको छ ।  

IME remit
Laxmi Sunrise Bank Limited
IME remit

त्यस्तै भदौमा तीनवटा म्युचुअल फण्ड भने घाटामा रहेका छन् । सबैभन्दा बढी एनआइबीएल समृद्धि फण्ड–२ ले १८ करोड ६६ लाख रुपैयाँ घाटा ब्यहोरेको छ । यसका साथै मेगा म्युचुअल फण्ड–१ ले ३ करोड ४० लाख रुपैयाँ र एनआइबीसीएल स्टेबल फण्डले ४७ लाख रुपैयाँ घाटा ब्यहोरेको छ ।  

सबैको न्याभ घट्यो  

भदौ महिनामा सबै म्युचुअल फण्डहरुको प्रतिइकाई खुद सम्पत्ति मूल्य ९न्याभ० घटेको छ । म्युचुअल फण्डहरुको नाफा घटबढ हुँदा न्याभमा समेत उतारचढाव हुने गर्दछ । भदौमा सबै फण्डहरुको नाफा प्रभावित बनेपछि न्याभ पनि घट्न पुगेको हो ।  

भदौमा सबैभन्दा बढी न्याभ एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–२ को न्याभ १३.५१ रुपैयाँ छ । तर फण्डको न्याभ साउनको तुलनामा १.६८ रुपैयाँले घटेको छ । साउनमा सो फण्डको न्याभ १५.१९ रुपैयाँ थियो ।

त्यस्तै, एनएमबी ५० को न्याभ १२.९८ रुपैयाँ, प्रभु सेलेक्ट फण्डको न्याभ १२.८४ रुपैयाँ, प्रभु स्मार्ट फण्डको न्याभ १२.८४ रुपैयाँ, हिमालयन ८०–२० को न्याभ १२.१६ रुपैयाँ, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ को न्याभ ११.९५ रुपैयाँ, सिटिजन्स म्युचुअल फण्ड–१ को न्याभ ११.९३ रुपैयाँ र नबिल ब्यालेन्स्ड फण्ड–२ को न्याभ ११.८७ रुपैयाँ रहेको छ ।  

साउनको तुलनामा भदौमा सबैभन्दा धेरै न्याभ घट्ने फण्डमा भने सनराइज फर्स्ट म्युचुअल फण्ड रहेको छ । फण्डको न्याभ २.७६ रुपैयाँले घटेको छ । त्यस्तै, एनआइसी एशिया सेलेक्ट–३० को न्याभ २.६९ रुपैयाँ, सानिमा इक्विटी फण्डको २.४० रुपैयाँ र आरबीबी म्युचुअल फण्ड–२ को न्याभ २.३७ रुपैयाँले घटेको छ ।  

११.३४ प्रतिशतले घट्यो लगानीको भ्यालु  

म्युचुअल फण्डहरुले भदौ महिनामा विभिन्न कम्पनीको सेयरमा गरेको लगानीको भ्यालु ३८ अर्ब ३९ करोड ५४ लाख रुपैयाँ छ । यो लगानी भ्याले अघिल्लो महिनाको तुलनामा ११.३४ प्रतिशतले कम हो ।  

साउनमा म्युचुअल फण्डहरुको लगानीको भ्यालु मूल्य ४३ अर्ब ३० करोडढ ७८ लाख रुपैयाँ थियो । सेयरबजार करिब २० प्रतिशतले घटेसँगै विभिन्न कम्पनीहरुको सेयरभाउ घटेको थियो । म्युचुअल फण्डहरुको लगानी रहेको कम्पनीहरुको सेयरभाउ भदौमा ह्वात्तै घट्दा लगानीको भ्यालु घट्न पुगेको हो ।  

सञ्चालनमा रहेका म्युचुअल फण्डमध्ये एनआइबीएल स्टेबल फण्ड, प्रभु स्मार्ट फण्ड र नबिल फ्लेक्सी क्याप फण्डको मात्रै लगानी भ्यालु बढेको छ । बाँकी सबै फण्डहरुको लगानी भ्यालु घट्न पुगेको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.