बुधबार, असार १८,२०८२ 01:10:46
  • बुधबार, असार १८,२०८२ 01:10:46
Global IME Bank Limited

सर्वाधिक सन्तुष्ट ग्राहक सर्भेमा नथिङ बन्यो नम्बर वान

Hyundai Nepal
सर्वाधिक सन्तुष्ट ग्राहक सर्भेमा नथिङ बन्यो नम्बर वान
Nabil Bank Limited

काठमाण्डौ । ग्रेट इण्डियन स्मार्टफोन सर्भे २०२४ को समग्र तथ्यांकमा नथिङले शीर्ष स्थान हासिल गर्न सफल भएको छ । आठ हजार भन्दा बढी ग्राहकमा गरिएको एक विशेष सर्भेमा ब्राण्डप्रति सर्बाधिक सन्तुष्ट ग्राहकहरु नथिङले प्राप्त गर्न सफल भएको हो ।

नथिङले आफ्नो तेश्रो जेनेरेसनको अपरेटिङ् सिस्टम नथिङ ओएस ३ अक्टुबरमा रोल आउट गर्ने घोषणा हालै गरेको छ । नथिङले आफ्नो नयाँ बड्स नथिङ इअर ओपनको गत अक्टुवर २६ मा लण्डनमा आयोजित एक समारोहमा अनावरण गर्दै नयाँ अपरेटीङ् सिस्टमको समेत जानकारी दिएको हो । स्मार्टफोन तथा एक्सेसोरिज्का क्षेत्रमा रिभुलेसनरी डिजाईन, एक्सिलेन्ट परफरमेन्स र एफोर्डेबल प्राईसिङ्का माध्यमबाट आम उपभोक्ताको मन जित्न सफल भएको नथिङ नेपाली बजारमा चौधरी समूहले आयात तथा विक्री वितरण गर्दै आएको छ ।

CG Motors
Muktinath Bikas Bank Limited

नेपाली बजारमा नथिङले बिक्री पश्चातको सेवा प्रदान गर्ने नीति लिएको छ । नथिङका स्मार्टफोन तथा एक्सेसोरीजमा कुनैपनि समस्या आएको खण्डमा रिप्लेसमेन्ट दिने वारेन्टी पोलिसी लिएको नथिङले फिजिकल ड्यामेजमा समेत नयाँ नै स्मार्टफोन आफ्ना ग्राहकलाई दिनेछ । यि र यस्तै सेवाग्राही प्रतिको उच्च प्रतिबद्धताका कारण ग्राहक सन्तुष्टिमा नथिङ सर्बोत्कृष्ठ ब्राण्ड बन्न सफल भएको विज्ञहरुको प्रतिक्रिया रहेको छ ।

हाल नेपाली बजारमा नथिङ तथा नथिङको सब ब्राण्ड सिएमएफ बाई नथिङका स्मार्टफोन तथा एक्सेसोरीजहरु सर्बत्र उपलब्ध छन् । भारतीय बजारसँग प्रतिस्पर्धा गर्ने मूल्य, उत्कृठ फिचर र सर्बोत्कृष्ठ बिक्री पश्चातको सेवाले नथिङ नेपाली बजारमा दिनप्रतिदिन लोकप्रिय बन्दै गएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.