आईतवार, चैत्र २२,२०८२ 08:13:33
Bizshala
  • आईतवार, चैत्र २२,२०८२ 08:13:33
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आम्दानीमा सुधार हुँदा पनि नेपाल वेयरहाउजिङ अझै २.२४ करोड घाटामा

Bizshala
आम्दानीमा सुधार हुँदा पनि नेपाल वेयरहाउजिङ अझै २.२४ करोड घाटामा
Shivam Cement

काठमाण्डौ । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले चालु आवको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनी २ करोड २४ लाख रुपैयाँ घाटामा रहेको छ ।  

अघिल्लो आवको उक्त अवधिसम्म पनि कम्पनी २ करोड ९९ लाख रुपैयाँ घाटामा रहेको थियो । कम्पनीको आम्दानी बढ्दा घाटामा २९.०५ प्रतिशतको कमी आएको छ ।  

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

समीक्षा अवधिमा कम्पनीले ९३ लाख १६ हजार रुपैयाँ आम्दानी गरेको छ । जुन रकम अघिल्लो आवको सोही अवधिमा कम्पनीले आर्जन गरेको तुलनामा ९३१ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीको आम्दानी ९ लाख ८ हजार रुपैयाँ थियो ।  

यो अवधिमा कम्पनीको वित्त खर्च भने बढेको छ । अघिल्लो आवमा ७१ लाख ४९ हजार रुपैयाँ रहेको कम्पनीको वित्त खर्च बढेर १ करोड ५५ लाख रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको प्रत्यक्ष सञ्चालन खर्च ३४ लाख १५ हजार, कर्मचारी खर्च ३२ लाख ७१ हजार र अन्य खर्च १५ लाख ४ हजार रुपैयाँ रहेको छ ।  

६८ करोड ७५ लाख रुपैयाँ चुक्तापूँजी भएको कम्पनीको कुल चालु सम्पत्ति १० करोड ४८ लाख र कुल चालु दायित्व ४ करोड ६७ लाख रुपैयाँ रहेको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)४.१२ रुपैयाँले ऋणात्मक, मूल्य आम्दानी अनुपात २५२.४६ गुणा ऋणात्मक र प्रतिसेयर नेटवर्थ ८५.२५ रुपैयाँ ऋणात्मक रहेको छ ।  

आर्थिक वर्ष २०८१÷८२ को अन्त्यमा कम्पनीले निर्माण गरेका सुनसरी इकाईको १५ हजार मेट्रीक टनबराबरको ३ वटै साइलो र पर्सा इकाईको २५ हजार मेट्रीक टनबराबरको ४ मध्य ४ वटा साइलोमा भण्डारण कार्यको सुरुवात भएको कम्पनीले जनाएको छ । कपिलवस्तुको १५ हजार मेट्रीक टनको ३ वटा साइलो निर्माण सम्पन्न हुने क्रममा रहेका छन् र आगामी सिजनमा भण्डारण सुरुवात गर्ने तयारी कम्पनीको छ । यी साइलोको निर्माण पश्चात कम्पनीको आय सोहि हिसाबले वृद्धि हुने कम्पनीको विश्वास छ ।

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.