बुधबार, असार १८,२०८२ 11:40:53
  • बुधबार, असार १८,२०८२ 11:40:53
Global IME Bank Limited

माथिल्लो मैलुङखोला जलविद्युतद्वारा साधारण सभा आह्वान, मर्जरमा जाने मुख्य अजेण्डा

Hyundai Nepal
माथिल्लो मैलुङखोला जलविद्युतद्वारा साधारण सभा आह्वान, मर्जरमा जाने मुख्य अजेण्डा
Nabil Bank Limited

काठमाण्डौ । माथिल्लो मैलुङखोला जलविद्युत लिमिटेडको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा डाकेको छ । बैठकले आगामी पुस २५ गते काठमाण्डौको सुकेधारामा रहेको सेलीब्रेसन हाईट्समा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ ।  

सभामा समान उद्देश्य भएका अन्य कुनै उपयुक्त कम्पनीसँग गाभ्ने÷गाभिने वा एकीकरण गर्ने र यस कार्यका लागि नियमानुसारका आवश्यक सम्पूर्ण प्रक्रियाहरु अगाडी बढाउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने र यस प्रक्रिया लगायतका अन्य आवश्यक विषयका लागि कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्नु पर्ने भएमा प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै, कम्पनीको सञ्चालक समितिको एघारौं वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, कम्पनीको आव २०८०/०८१ को लेखापरीक्षण प्रतिवेदन सहित २०८१ असार मसान्तसम्मको वासलात,नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तिय विवरण र तत् सम्बन्धी अनुसूचीहरु छलफल गरी पारित गर्ने प्रस्ता।व पारित गरिनेछ ।  

लेखापरीक्षण समितिले सिफारिस गरे बमोजिम आव २०८१/८२ को लागि बाह्य लेखापरीक्षकको नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत सभाबाट पारित हुनेछ । 

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.