नेप्से परिसूचक ५.२१ अंकले घट्यो, दुई समूह मात्रै बढे
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.१९ प्रतिशत अर्थात ५.२१ अंकले घटेर २ हजार ६७४.७६ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.०८ प्रतिशतले बढेर ४५६.०९ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३७ वटा स्क्रिप्टको १ करोड ७१ लाख ६० हजार ६२५ कित्ता...

