आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ७ वटाबाट उच्च बिक्री चाप
काठमाण्डौ । सोमबार सेयरबजारमा ९ अर्ब २२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकरमा ३ वटाबाट मात्रै खरिद भएको छ भने ७ वटा ब्रोकरबाट उच्च बिक्री भएको छ । आज सर्वाधिक खरिद माग भएका ब्रोकरहरुमा नासा सेक्युरिटिज, भिजन सेक्युरिटिज र सनि सेक्युरिटिज रहेका छन् ।

