बोलिङ्गरको अपर ब्याण्डमा शुटिङ स्टार, के होला अब बजार ?
काठमाण्डौ । आज दिनभर बजारमा तीव्र उतारचढाब देखियो । सेयर बजारमा आज ९६ अंकको उतारचढाब देखियो । नेप्से आज २७४५ विन्दुसम्म पुगेर पुनः घटेर बन्द भएको छ । आजको बजारलाई बोलिङ्गर ब्याण्ड मार्फत नियाल्दा अपर ब्याण्डमा शुटिङ स्टार बनेको छ । यसले घट्दो बजारलाई संकेत गर्छ । यद्यपी यो क्याण्डल आज नै भ्यालिड भने भएको अबस्था भने होइन । यदि आगामी दिनमा यो क्याण्डल भ्यालिड नै हुन्छ भने...

