सामान्य अंकले घट्यो नेप्से, जानकार भन्छन्, मौद्रिक नीतिको समीक्षाको नकारात्मक प्रभाव देखिएन’
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.३६ प्रतिशत अर्थात ९.९९ अंकले बटेर २ हजार ७३८.०६ विन्दुमा खुम्चिएको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.८८ प्रतिशतले घटेर ४७३.३० विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१४ वटा स्क्रिप्टको १ करोड ६७ लाख ६७ हजार १६८...

