सानिमा बैंक र आशा लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाण्डौ । सानिमा बैंक लिमिटेड र आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । यी दुवै कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कात्तिक २५ गते बुक क्लोज गर्दैछन् । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै यी कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।

