नेप्से पुनः २ हजार विन्दुमाथि, कारोबार ३ महिना पछिकै उच्च
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक १.३० प्रतिशत अर्थात २५.९३ अंकले बढेर २००६.२८ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.५८ प्रतिशतले बढेर ३५७.५४ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२० वटा कम्पनीको १ करोड १८ लाख ३८ हजार १५० कित्ता सेयर ४ अर्ब...

