बुधबार, असार १८,२०८२ 12:55:25
  • बुधबार, असार १८,२०८२ 12:55:25
Global IME Bank Limited

झिनो अंकले बढ्यो बजार,‘अर्थ मन्त्रालयबाट नीतिगत सुधारको प्रतिक्षामा लगानीकर्ता’

Hyundai Nepal
झिनो अंकले बढ्यो बजार,‘अर्थ मन्त्रालयबाट नीतिगत सुधारको प्रतिक्षामा लगानीकर्ता’
Nabil Bank Limited

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा झिनो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ०.०७ अंकले बढेर १ हजार ९८०.३४ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३२ प्रतिशतले बढेर ३५१.९५ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१७ वटा कम्पनीको ७३ लाख ४१ हजार १७७ कित्ता सेयर २ अर्ब ९५ करोड ९४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार भन्छन्, ‘लगानीकर्ताले अर्थ मन्त्रालयबाट केहि नीतिगत सुधार चाहेका कारण बजारले गति लिन नसकेको हो । ब्रोकर कसमसन पनि घटेको छ । तर लागू भने हुन सकेको छैन । मौद्रिक नीतिको समीक्षामा लगानीकर्तालाई राहात हुने गरी समीक्षा हुन आवश्यक छ ।’

अर्थमन्त्रालयले पूँजीगत लाभकर घटाउने तथा सेबोनको अध्यक्ष नियुक्त गर्ने काम यथाशिघ्र गर्नुपर्नेमा रौनियारले जोड दिए । यसरी लगानीकर्ताको मनोबल उकास्ने  काम सरकारबाट चाडै भएमा बजारले गति लिने उनले बताए ।  

बजार  जानकार विरेन्द्र विष्टको विचारमा पनि लगानीकर्तामा अन्यौलतमा रहेका कारण बजार बढ्न नसकेको हो । ‘अर्थमन्त्रीले लगानी सम्मेलनपश्चात लगानीकर्तासँग वार्ता गर्ने सुन्नमा आएको छ । त्यहि कारण लगानीकर्ता अपेक्षा गरेर बस्दा बजारमा खासै सुधार नआएको तर बजार घट्न भने रोकिएको छ ।’विष्टले भने ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ४ वटा समूहमा मात्रै हरियाली छायो भने अन्य सबै समूहमा रातो पोतियो । आज बैंकिङ समूह ०.२९ प्रतिशत,विकास बैंक १.६६,वित्त ४.१७ र म्युचुअल फण्ड ०.३८ प्रतिशतले बढ्यो ।  

CG Motors
Muktinath Bikas Bank Limited

होटल समूह ०.६० प्रतिशतले घटेको आज हाईड्रो ०.५०,लगानी ०.०१,जीवन बीमा ०.२५,उत्पादन तथा प्रशोधन ०.०६,निर्जीवन बीमा ०.५१ र अन्य समूह ०.८२ प्रतिशतले घट्यो । यो दिन लघुवित्त पनि ०.२० अंकले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन पोखरा फाइनान्स कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज १७ करोड ५४ लाख बढीको सेयर कारोबार भयो ।  

त्यस्तै नेपाल फाइनान्सको १४ करोड ७० लाख,जानकी फाइनान्सको ९ करोड ३२ लाख,गोर्खाज फाइनान्सको ९ करोड ८ लाख र मल्टीपर्पस फाइनान्सको ७ करोड ५२ लाख बढीको सेयर कारोबार भएको छ ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज ३ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज पोखरा फाइनान्स र जानकी फाइनान्सकोे सेयरमूल्य १० प्रतिशत र नेपाल फाइनान्सको सेयरमूल्य ९.९८ प्रतिशतले बढ्यो ।  

यो दिन गुराँस लघुवित्तको सेयरमूल्य ७.६१ प्रतिशत र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य ६.९९ प्रतिशतले बढ्यो ।  

आज पिपुल्स पावरको सेयरमूल्यमा सर्वाधिक अर्थात ६ प्रतिशतको गिरावट आएको छ ।  

त्यस्तै इष्टर्न हाईड्रोपावरको सेयरमूल्य ३.८१ र मेन्छियाम हाईड्रोको सेयरमूल्य ३.२१ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.