बुधबार, असार १८,२०८२ 11:51:21
  • बुधबार, असार १८,२०८२ 11:51:21
Global IME Bank Limited

नेप्से पुनः २ हजार विन्दुमाथि, कारोबार ३ महिना पछिकै उच्च

Hyundai Nepal
नेप्से पुनः २ हजार विन्दुमाथि, कारोबार ३ महिना पछिकै उच्च
Nabil Bank Limited

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक १.३० प्रतिशत अर्थात २५.९३ अंकले बढेर २००६.२८ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.५८ प्रतिशतले बढेर ३५७.५४ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२० वटा कम्पनीको १ करोड १८ लाख ३८ हजार १५० कित्ता सेयर ४ अर्ब ८० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको  छ । आज भएको कारोबार तीन महिना पछिकै उच्च  हो । यसअघि गत माघ १७ गते ५ अर्बमाथिको कारोबार भएको थियो ।  

आजको बजारबारे बजार जानकार अजयसिंह थापा(जयशम्भु)भन्छन्, ‘बजार विस्तारै सेक्टर रोटेसन हुँदै चलेको छ । फाइनान्सपछि विकास बैंक पनि चल्न थालेका छन् । आज बजार २ हजार विन्दुमाथि बन्द हुनु सकारात्मक विषय हो । एक दुई दिन कारोबार २ हजार विन्दुमाथि पुगेमा हालको लागि १९५० नै न्यून विन्दु रहेको देखिन्छ ।’

अर्का बजार जानकार निमानन्द कंडेल पनि २–३ वटा कारणले बजार माथि गएको बताउछन् । ‘लगानीकर्ताको आन्दोलनप्रति अर्थमन्त्रीको चासो बढ्नु,मौद्रिक नीतिको समीक्षा केहि सहज आउने आँकलन गर्नु र वैशाखदेखि भदौसम्म लगानीको सिजन भएको र बजार न्यून अवस्थामा रहेकाले बजारमा सुधार आएको हो ।’कंडेलले भने ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये फाइनान्स समूह बाहेक अन्य सबै समूहमा हरियाली छायो ।  

CG Motors
Muktinath Bikas Bank Limited

आज विकास बैंक समूहमा सबैभन्दा धेरै वृद्धि देखिएको छ । आज विकास बैंक समूह ४.९० प्रतिशतले बढ्यो । बैंकिङ समूह १.१० प्रतिशतले बढेको आज होटल २.५३,हाईड्रो १.६२,लगानी १.१३,जीवन बीमा ०.९६,उत्पादन तथा प्रशोधन ०.३६,लघुवित्त १.४१,म्युचुअल फण्ड ०.०५,निर्जीवन बीमा २.३९,अन्य ०.३० र व्यापार समूह ०.७५ प्रतिशतले बढ््यो ।

आज वित्त समूह भने १.१८ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सर्वाधिक अर्थात १८ करोड २४ लाख बढीको सेयर कारोबार भयो । पोखरा फाइनान्सको १७ करोड १ लाख,गोर्खाज फाइनान्सको १६ करोड २५ लाख,कामना सेवा विकास बैंक १२ करोड ९५ लाख र नेपाल फाइनान्सको १२ करोड ६० लाख बढीको सेयर कारोबार भएको छ ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

यो दिन कर्पोरेट डेभलपमेन्ट बैंक र इन्फिनिटी लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज यी कम्पनीको सेयरमूल्य क्रमशः१० र ९.९९ प्रतिशतले बढ्यो ।  

त्यस्तै आज ग्रिन डेभलपमेन्ट बैंकको सेयरमूल्य ८.२९ प्रतिशत,बोटलर्स नेपाल(तराई)को ७.६२ र शाइन रेसुङ्ुगा डेभलपमेन्टको बैंकको सेयरमूल्य ७.२० प्रतिशतले बढ्यो ।  

आज पोखरा फाइनान्सको सेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यो कम्पनीको सेयरमूल्य ७.१८ प्रतिशतले घटेको आज गुराँस लघुवित्तको ६.६० र बोटलर्स नेपाल(बालाजु)को सेयरमूल्य ५.७३ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.