होटल फरेष्ट इनले वैदेशिक रोजगारीमा रहेकालाई खुलायो आईपीओको बिक्री आवेदन
काठमाण्डौ । होटल फरेष्ट इन लिमिटेडले आजदेखि आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ। कम्पनीले पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ जारी गरेको हो । कम्पनीले गत पुस २० गते ४० करोड रुपैयाँबराबरको रु. १०० अंकित दरका ४० लाख कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

