स्वस्तिक लघुवित्तको आईपीओमा आजदेखि आवेदन दिन सकिने
काठमाण्डौ । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ। संस्थाले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि कुल २३ हजार १०० कित्ता आईपीओ जारी गरेको हो । संस्थाले गत असार ५ गते २ करोड ३१ लाख रुपैयाँबराबरको प्रति सेयर रू. १०० अंकित दरका २ लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति...

