१० बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा गार्डियन माइक्रो लाइफ
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक २९ अंकले बढेर २७६०.८० विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३११ कम्पनीको ३ करोड २५ लाख ९२ हजार ३० कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ४१ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटा उपसूचकमध्ये जीवन बीमा समूह ०.०२ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा समूह ०.३४...

