एनआईसी एशिया लघुवित्तको बजेट तर्जुमा तथा शाखा प्रमुख तालिम कार्यक्रम सम्पन्न
काठमाण्डौ । एनआईसी एशिया लघुवित्तले आव २०८२/८३ को बजेट तर्जुमा तथा शाखा प्रमुख तालिम कार्यक्रम सम्पन्न गरेको छ । कोशी, मधेश, बागमती र गण्डकी गरि ४ प्रदेशलाई समेटेर गरिएको कार्यक्रम यहि जेठ १३ देखि १६ गतेसम्म होटल विनायक र होटल पावन मिथिला बर्दिबास, महोत्तरीमा सञ्चालन भएको थियो । कार्यक्रममा कर्पोरेट कार्यालय,प्रदेश कार्यालय, शाखा कार्यालय समेतका १६९ जना कर्मचारीको...

