सुनको मूल्यमा १० डलरको गिरावट
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । डलरको मूल्य बढेसँगै र यो साता अमेरिकी केन्द्रीय बैंकले सन् २०२५ का लागि आयोजना गर्न लागेको पहिलो बैठकमा ब्याजदरसम्बन्ध्री निर्णय हुनसक्ने लगानीकर्ताको अपेक्षाबीच सुनको मूल्य घटेको हो ।