सुनको मूल्यमा भारी गिरावट, कति पुग्यो भाउ ?
काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । आज सुनको मूल्य एक तोलामै ७ हजार ५ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रकाशित गरेको मूल्यसूची अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ४ सय रुपैयाँमा सीमित बनेको छ ।