सुनको मूल्यमा १० डलरको बढोत्तरी, कति पुग्यो भाउ ?
काठमाण्डौ । आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य आजपनि बढेको छ । आज सुनको मूल्य ०.३४ प्रतिशत अर्थात १०.६३ डलरले बढेको छ । यो समाचार तयार पार्दासम्म अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३ हजार ३२.२७ डलरमा कारोबार भईरहेको छ । अमेरिकी ट्यारिफ नीतिका कारण सिर्जित परिस्थितीका कारण पछिल्लो समय सुनको मूल्य निरन्तर बढिरहेको छ ।