सुनको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ खरिदबिक्री ?
काठमाण्डौ । मंगलबार घरेलु बजारमा सुनको मूल्यमा गिरावट आएको छ । गत चैत ३१ गते प्रतितोला १ लाख ८६ हजार रुपैयाँ रहेको सुनको मूल्य आज घटेर १ लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
TRENDING
काठमाण्डौ । मंगलबार घरेलु बजारमा सुनको मूल्यमा गिरावट आएको छ । गत चैत ३१ गते प्रतितोला १ लाख ८६ हजार रुपैयाँ रहेको सुनको मूल्य आज घटेर १ लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएको छ । आजको कारोबारमा सुनको मूल्य ०.६१ प्रतिशत अर्थात १९.४३ डलरले बढेको हो । यससँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३ हजार २२८ डलरमा कारोबार भईरहेको छ ।
काठमाण्डौ । वर्ष २०८१ मा घरेलु बजारमा सुनको मूल्य करिब ५० हजार रुपैयाँले महङ्गिएको छ । विसं २०८१ साल वैशाख २ गते छापावाला सुन प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँ रहेकोमा वर्षको अन्तिम दिनसम्म १ लाख ८६ हजार रुपैयाँ पुग्यो । यस हिसाबले एक वर्षको अवधिमा सुनको मूल्य ४९ हजार २ सय अर्थात ३५.९६ प्रतिशतले वृद्धि भएको छ । एक वर्षको अवधिमा सुनको मूल्यले थुप्रैपटक अल टाइम हाईको उचाईका...
काठमाण्डौ । आइतबार सुनको मूल्यले यसअघिको रेकर्ड ब्रेक गरेको छ । स्थानिय बजारमा प्रतितोला १ हजार रुपैयाँले बढेसँगै सुनको मूल्यले आज गत शुक्रबारको रेकर्ड तोडेको हो । यससँगै सुनको मूल्य लगातार तीन कारोबार दिन नयाँ उचाईमा पुग्न सफल भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ८६ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले यसअघि कायम अलटाईम हाईको रेकर्ड ब्रेक गरेको छ । पछिल्लो समय सुनको मूल्य प्रति औंस ७७.२८ डलरले बढ्दै ३२३८.८२ डलरको नयाँ उचाईमा पुगेको हो ।
काठमाण्डौ । घरेलु बजारमा आजपनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिन हालसम्मकै उच्च कायम भएको सुनको भाउ आज थप नयाँ उचाईमा पुगेको हो । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य ३ हजार ९ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ८५ हजार रुपैयाँमा खरिदबिक्री भईरहेको छ । यससँगै सुनको मूल्य लगातार ३ दिन बढेको छ ।
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा आजपनि सुनको मूल्यमा उछाल आएको छ । आजको कारोबारमा सुनको मूल्य ४.४० प्रतिशत अर्थात १३५.७० डलरले वृद्धि भएको छ । यो समाचार तयार पार्दासम्म अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस ३ हजार २१८.२४ डलर कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । यसअघि गत अप्रिल ३ मा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसबेला सुनको मूल्य प्रतिऔंस ३ हजार...
काठमाण्डौ । घरेलु बजारमा आज सुनको मूल्यले नयाँ उचाई चुमेको छ । बिहिबारको कारोबार सुनको मूल्यमा ५ हजार ७ सय रुपैयाँको उछाल आएसँगै सुनको भाउले नयाँ रेकर्ड कायम गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ८१ हजार १ सय रुपैयाँ कायम भएको छ ।
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उछाल आएको छ । बिहिबारको कारोबारमा सुनको मूल्य ४.७६ प्रतिशत अर्थात १४१.७४ डलरले बढेको छ । यो समाचार तयार पार्दासम्म अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३ हजार १२२.३९ डलरमा कारोबार भईरहेको छ । यो वृद्धि सन् २०२३ अक्टोबरपछिकै उच्च हो ।
काठमाण्डौ । लगातार ४ दिनदेखि घटिरहेको सुनको मूल्यमा ब्रेक लागेको छ । बुधबार स्थानिय बजारमा सुनको भाउ वृद्धि भएसँगै सुनको ओरालो यात्रा थामिएको हो । आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य २ हजार रुपैयाँले बढेको छ । यो वृद्धिसँगे नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य फेरि बढ्न थालेको छ । आजको कारोबारमा सुनको मूल्य १.३९ प्रतिशत अर्थात ४१.२९ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको भाउ प्रतिऔंस ३ हजार ८.४९ डलरमा कारोबार भईरहेको छ । अमेरिका र चीनबीचको व्यापारीक टकराब र अमेरिकाको ट्यारिफ नीतिका कारण सुनको मूल्य पुनःउकालो लागेको हो । यसका साथै आफ्ना प्रतिष्पर्धि मुद्राको तुलनामा डलर केही कमजोर...
काठमाण्डौ । चैत २२ गतेबाट घट्न थालको सुनको ओरालो यात्रा आजपनि कायम रहेको छ । मंगलबार घरेलु बजारमा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च गिरावट आएको छ । आज सुनको मूल्य १.३७ प्रतिशत अर्थात ४१.४९ डलरले घटेको छ । यो समाचार तयार पार्दासम्म सुनको मूल्य प्रतिऔंस २ हजार ९९५.४८ डलरमा कारोबार भईरहेको छ । अमेरिकी ट्यारिफ नीतिका कारण लगानीकर्ता सुन बिक्री गरेर अमेरिकी डलर, स्विफ फ्रयांक र जापानी ऐन जस्ता मुद्रा जम्मा गर्न लागेकाले सुनको मूल्यमा उच्च गिरावट आएको...
काठमाण्डौ । सुनको मूल्य हालै सर्वकालिक उच्च विन्दुमा पुगे पनि आगामी दिनमा यसको भविष्यबारे विश्लेषकहरूबीच फरक(फरक अनुमानहरू सार्वजनिक भएका छन्। मर्निङस्टारका विश्लेषकले सुनको मूल्यमा ठूलो गिरावट आउने भविष्यवाणी गरेका छन्, जसअनुसार यसको मूल्य अहिलेको तुलनामा करिब ४० प्रतिशतले घट्नसक्छ। तर, अर्कोतर्फ, अन्य प्रमुख वित्तीय संस्थाहरूले भने सुनको मूल्य अझै बढ्ने आशावादी...
काठमाण्डौ । सोमबार घरेलु बजारमा सुनको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य ७ सय रुपैयाँले घटेको छ । यससँगै सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिनपनि सुनको मूल्य घटेको थियो । आइतबार १२ सय रुपैयाँले घटेको सुन प्रतितोला १ लाख ७४ हजार ५ सय कायम थियो ।
काठमाण्डौ । सुनको मूल्य घट्ने क्रम आजपनि जारी रहेको छ । आइतबार घरेलु बजारमा सुनको मूल्य १९ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७४ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा पहिरो गएको छ । पछिल्लो कारोबारमा सुनको मूल्य २.११ प्रतिशत अर्थात ६५.३७ डलरले घटेको छ । यो गिरावटसँगै सुनको मूल्य प्रतिऔंस ३ हजार ३७.६५ डलरमा कारोबार भईरहेको छ । कारोबार सत्रमा सुनको मूल्य प्रतिऔंस ३ हजार १५ डलरसम्म घटेको थियो । गत बिहिबार सुनको मूल्य प्रतिऔंस ३ हजार १६७.५७ डलरको किर्तीमानी उचाईमा पुगेको थियो । गत एक सातामा...
काठमाण्डौ । अघिल्लो दिन हालसम्मकै उच्च कायम भएको सुनको भाउ आज ह्वात्तै घटेको छ । स्थानिय बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला ३ हजार ९ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७६ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
काठमाण्डौ । निरन्तर उकालो यात्रामा रहेको सुनको मूल्य बढ्ने क्रममा ब्रेक लागेको छ । आज सुनको मूल्यमा १.०२ प्रतिशत अर्थात ३१.९० डलरको गिरावट आएको छ । यससँगै सुन प्रतिऔंस ३ हजार ९३ डलरमा कारोबार भईरहेको छ । कारोबारीहरुले केही नाफा बुक गर्नका लागि र अन्य सम्पत्तिमा भएको घाटालाई परिपूर्ति गर्नका लागि बिक्री बढाएसँगै सुनको मूल्यमा गिरावट आएको विज्ञहरुले बताएका छन् ।
काठमाण्डौ । घरेलु बजारमा सुनको मूल्यले प्रतितोला १ लाख ८० हजारको आँकडा पार गरेको छ । आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य १२ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ८० हजार ३ सय रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । यसअघि सुनको मूल्य गत चैत १९ गते हालसम्मकै उच्च कायम भएको थियो । उक्त दिन १८ सय रुपैयाँले बढेको सुनको मूल्य प्रतितोला १ लाख ७९ हजार ७ सयमा कारोबार भएको थियो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.