सुनको मूल्य अल टाइम हाई नजिक, एकैदिन ३५ डलरको बढोत्तरी
काठमाण्डौ । अमेरिकाले विभिन्न देशहरुमाथि ट्यारिफको सूची सार्वजनिक गरेसँगै सुनको मूल्य उच्च वृद्धि भएको छ । आजको कारोबारमा सुनको मूल्य १.१५ प्रतिशत अर्थात ३५.६५ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य हालसम्मकै उच्च नजिक अर्थात प्रतिऔंस ३ हजार १४७ डलरमा कारोबार भईरहेको छ । विश्लेषकहरुले अमेरिकी ट्यारिफ अपेक्षा गरेभन्दा बढी कठोर भएको बताउदै सुनको भाउले ३२ सय डलरको आँकडा...