सुनको मूल्य आजपनि अल टाइम हाईको उचाईमा, एकैदिन करिब ३८ डलरले बढ्यो
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य आजपनि अल टाइम हाईको उचाईमा पुगेको छ । आज सुनको मूल्य १.२६ प्रतिशत अर्थात ३७.८८ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस ३ हजार ३७.७३ डलरमा कारोबार भईरहेको छ । मध्यपूर्व क्षेत्रमा बढेको तनाव र विश्वभर बढेको व्यापार अनिश्चितताका कारण सुनको मूल्य बढेको हो ।