प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको २५ लाख सहयोग
काठमाण्डौ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले २५ लाख सहयोग गरेको छ ।प्रभु ग्रुपका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य देवीप्रकाश भट्टचनको उपस्थितिमा प्रभु महालक्ष्मी लाइफका अध्यक्ष शिक्षाभट्टचन र प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार २५ लाख रुपैयाको चेक हस्तान्तरण गरेको हो ।