प्रभु इन्स्योरेन्सको साधारण सभा आज, लाभांश र हकप्रदको प्रस्ताव पारित गरिने
काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ। कम्पनीको सञ्चालक समितिको ४३४ औँ बैठकको निर्णय बमोजिम कम्पनीको २८ औँ वार्षिक साधारण सभा आज आयोजना हुन लागेको हो । उक्त सभा तीनकुने काठमाण्डौमा रहेको प्रभु कम्प्लेक्समा आयोजना हुनेछ। सभामा सञ्चालक समितिद्वारा प्रस्तावित ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांस गरी कुल ५ प्रतिशत लाभांस...