‘मुक्तिनाथ म्युचुअल फण्ड १’को १० करोड इकाइमा आजदेखि खरिद आवेदन दिन सकिने
काठमाण्डौ । मुक्तिनाथ म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘मुक्तिनाथ म्युचुअल फण्ड १’ को सार्वजनिक निष्कासन आजदेखि भएको छ ।मुक्तिनाथ विकास बैंक कोष प्रवद्धक र मुक्तिनाथ क्यापिटल योजना व्यवस्थापक रहेको यो योजनाको १० करोड इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो ।

