बुधबार, असार १८,२०८२ 10:46:56
  • बुधबार, असार १८,२०८२ 10:46:56
Global IME Bank Limited

नेप्सेको चार्टमा बन्यो ‘बियरिस मारुबुजु’ क्याण्डल, घट्दो बजारमा कारोबार बढ्नुलाई कसरी बुझ्ने ?

Hyundai Nepal
नेप्सेको चार्टमा बन्यो ‘बियरिस मारुबुजु’ क्याण्डल, घट्दो बजारमा कारोबार बढ्नुलाई कसरी बुझ्ने ?
Nabil Bank Limited

काठमाण्डौ । साताको चौंथो कारोबार दिन आज नेप्से परिसूचक २५ अंकले घटेको छ । आज बजार घट्दा कारोबार भने बढेको छ । यसले बजारमा बिक्री दबाब परेको बुझिन्छ । प्राविधिक रुपमा आजको कारोबारलाई क्याण्डल स्टिकबाट नियाल्दा बियरिस प्रकृतिको क्याण्डल बनेको छ ।  

यसले घट्दो बजारलाई संकेत गर्छ । अघिल्लो दिन अनिर्णयको डोजी प्रकृतिको क्याण्डल बनेको थियो । आजको बियरिस क्याण्डलले अघिल्लो दिनको क्याण्डलाई ढाकेको कारण पनि बजारमा केही बिक्री दबाब पर्दै गरेको देखिन्छ । बोलिङ्गर ब्याण्ड मार्फत आजको बजारलाई नियाल्दा आज पनि अपर ब्याण्डमा प्रतिरोध सामाना गरेर खसेको बजारले अब मध्य ब्याण्ड अर्थात २७२६ विन्दुमा सपोर्ट लिन सक्छ । त्यहाँबाट पनि तल खस्छ भने बजारले २६६० विन्दुमा बलियो सपोर्ट लिन सक्छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

आरएसआई न्यूट्रल जोन ५६ को तहमा चलको छ भने म्याक्डीमा पनि बजार साइडवेज नै चलेको देखिन्छ । यसर्थ इन्डिकेटरबाट नियाल्दा बजार आज पनि यस अघिकै प्रतिरोध २७९० विन्दुमा कडा प्रतिरोध सामना गरेको छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.