बुधबार, असार १८,२०८२ 01:19:15
  • बुधबार, असार १८,२०८२ 01:19:15
Global IME Bank Limited

‘इन्भर्टेड हेड एण्ड सोल्डर’ प्याटर्न बनाएको बजारमा अब कति–कतिमा छ प्रतिरोध ?

Hyundai Nepal
‘इन्भर्टेड हेड एण्ड सोल्डर’ प्याटर्न बनाएको बजारमा अब कति–कतिमा छ प्रतिरोध ?
Nabil Bank Limited

काठमाण्डौ । पछिल्लोपटक २८ सय विन्दु तल प्रतिरोध सामना गरेको बजार लगातार २ दिन बढेको छ । आजको बजारलाई डेली बेसमा क्याण्डल स्टिकबाट नियाल्दा ‘लंङ लेग्ड डोजी’ बनेको छ । यसमा तलको धागोले बजारमा क्रेता हाबी भएको बुझिन्छ भने माथिको धागोले अझै पनि बजारमा बिक्रेता हाबी भएको बुझिन्छ ।  

यो भनेको अनिर्णयको क्याण्डल पनि हो । यस हिसाबले यदि आगामी कारोबारमा आजको उचाइ २ हजार ७९३ विन्दुभन्दा माथि–माथि कारोबार भएमा बजारले अप ट्रेन्ड पनि लिन सक्छ । आजको न्यून विन्दु २ हजार ७५१ भन्दा तल झरेमा करेक्सनको यात्रा पनि लिन सक्छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

बजारलाई बिभिन्न प्याटर्नहरुमार्फत नियाल्दा कार्तिक र मंसिर महिनामा इन्भर्टेड हेड एण्ड सोल्डर बनाएको देखिन्छ । यो भनेको सम्भावित रुपमा बजारले अप ट्रेण्ड लिंदै गरेको भन्ने पनि हो । यदि हाल बनेको यस प्याटर्न भ्यालिड बनेर बजार माथि लागेमा २ हजार ९ सय विन्दुसम्म बजारको टार्गेट हुन सक्छ ।

पिभट् मार्फत नियाल्दा आज २ हजार ७७५ विन्दुमा बन्द भएको बजारले पहिलो प्रतिरोध सामना गरेको २७९४, २८४० र २९०७ विन्दुमा प्रतिरोध सामना गर्न सक्छ । त्यसैगरि, घटेमा भने क्रमश ः २७२७, २६८१ र २६१४ विन्दुमा सपोर्ट लिन पनि सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.