सेयरबजार करिब २० अंकले घट्यो, एउटा बाहेक अन्य सबै समूहमा रातो पोतियो
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज सेयरबजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक ०.७६ प्रतिशत अर्थात १९.९२ अंकले घटेर २ हजार ५९५.१० विन्दुमा झरेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४३ प्रतिशतले घटेर ४४८.२६ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३४५ वटा स्क्रिप्टको १ करोड १२ लाख ९९ हजार ३३४ कित्ता सेयर ४...

