Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:45:55
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

युनाइटेड इदी मर्दीले आह्वान गर्यो साधारण सभा, बुक क्लोज कहिले ?

Laxmi Sunrise Bank Limited
युनाइटेड इदी मर्दीले आह्वान गर्यो साधारण सभा, बुक क्लोज कहिले ?
Shivam Cement

काठमाण्डौ । युनाइटेड इदी मर्दी एण्ड आरबी हाईड्रो पावर लिमिटेडले लाभांशको प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले १६ औं वार्षिक साधारण सभा डाकेको हो।  

बैठकले आगामी पुस २७ गते आइतबारका दिन सभा डाकेको हो । उक्त सभा पोखरा कास्कीमा रहेको आभ्या क्लबमा बिहान ११ बजेदेखि आयोजना हुनेछ । सभामा गत आर्थिक वर्षका लागि २०८१ असार मसान्तसम्मको सञ्चित मुनाफाबाट चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश वितरणको विशेष प्रस्ताव पारित गरिनेछ ।  

Bizshala
New Office
CG Motors

यस्तै सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यस्तै, लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु स्वीकृत गर्ने तथा आव २०८२/८३ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ।  

वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरुमात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश प्राप्त गर्न सभामा सहभागी हुन योग्य हुनेछन् । 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

13 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.