यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(भदौ ५ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.७८ रुपैयाँ र बिक्रीदर १३४.३८ रुपैयाँ कायम भएको छ । आज एक यूरोको खरिददर १४८.१९ रुपैयाँ र बिक्रीदर १४८.८५ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७३.८५ रुपैयाँ र बिक्रीदर १७४.६३ रुपैयाँ कायम भएको छ ।