यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(भदौ २० गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जस अनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.०५ रुपैयाँ र बिक्रीदर १३४.६५ रुपैयाँ कायम भएको छ । आज एक यूरोको खरिददर १४८.१६ रुपैयाँ र बिक्रीदर १४८.८२ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७५.८० रुपैयाँ र बिक्रीदर १७६.५९ रुपैयाँ कायम भएको छ ।