दशैंको अग्रिम टिकट बुकिङ खोल्ने विषयमा आज छलफल हुँदै
काठमाण्डौ । दशैंका लागि काठमाण्डौबाट घर फर्किनेहरुका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयमा आज छलफल हुँदै छ । आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा यातायात व्यवसायी, ट्राफिक प्रहरीका प्रतिनिधि लगायत सरोवारवालसँग अग्रिम टिकट बुकिङको विषयमा छलफल हुन लागेको हो ।

