यातायात व्यवसायीद्वारा अग्रिम टिकट बुकिङ बन्द गर्न माग
काठमाण्डौ । यातायात व्यवसायीहरुले अग्रिम टिकट बुकिङ बन्द गर्न माग गरेका छन् । बाढीले मुख्य राजमार्गको अवस्था बिग्रिएका कारण व्यवसायीले यातायात व्यवस्था विभागसँग बुकिङ बन्द गर्न मागष् गरेका हुन् । यद्यपी यस विषयमा निर्णय भने भइसकेको छैन । यस विषयमा प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडासँग छलफल भईरहेको जनाइएको छ ।