लुटपाट मच्चाउने २१ जना सेनाको नियन्त्रणमा
काठमाण्डौ । नेपाली सेनाले जेनजी आन्दोलनको फाइदा उठाउँदै लुटपाट मच्चाउने २१ जनालाई नियन्त्रणमा लिएको छ । सेनाले काठमाण्डौ र भक्तपुरका विभिन्न स्थानबाट लुटपाटमा संलग्न २१ जनालाई नियन्त्रणमा लिएको हो ।भक्तपुरकोे राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, होटल हायात र बौद्ध इलाकाबाट लुटपाटमा संलग्नहरुलाई नियन्त्रणमा लिइएको सेनाले जनाएको छ ।

