प्रधानन्यायाधीश सिफारिसको असर न्यायपालिकामा, पेसी तोक्न ढिलाइ
काठमाण्डौं । सर्वोच्च अदालतमा आज पेसी तोक्ने प्रक्रिया निर्धारित समयभन्दा ढिलो भएको छ। सामान्यतया बिहान साढे ९ बजे आसपास गोला तानेर पेसी तोकिने भए पनि आज ११ बजेसम्म पनि सो प्रक्रिया सुरु हुन सकेको छैन।

