जेन जीको आन्दोलनमा घूसपैठ भएपछि नागरिकको ज्यान गयो: ओली
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले जेन जी पुस्ताको शान्तिपूर्ण आन्दोलनमा विभिन्न स्वार्थ केन्द्रबाट भएको घूसपैठका कारण बानेश्वर घटना भएको दलिल पेश गरेका छन् । सोमबार राति एक वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीले विभिन्न स्वार्थ केन्द्रबाट भएको घूसपैठका कारण उत्पन्न परिस्थितिले नागरिकको ज्यान जाने दुःखद परिस्थिति उत्पन्न भएको दाबी गरेका हुन् ।

