जेनजीमाथि देशभर बल प्रयोग, इटहरीमा गोली चल्यो, पोखरामा गोली लागेर ५ घाइते
काठमाण्डौ । जेनजीको प्रदर्शनका क्रममा सरकारले काठमाण्डौमा मात्र नभई देशभर बल प्रयोग गरेको पाइएको छ । काठमाण्डौको बानेश्वर क्षेत्रको प्रदर्शनमा सुरक्षाकर्मीले चलाएको गोली लागी हालसम्म १४ जनाको मृत्यु भइसकेको छ । डेढसय बढी घाइते छन् ।

