सामाजिक सञ्जाल बन्दविरुद्ध दर्ता भएका १० रिट दर्ता गर्न अस्वीकार
काठमाण्डौ । सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेका १० वटा रिट निवेदन दरपीठ(दर्ता गर्न अस्वीकार) भएका छन्।सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले सबै १० वटा रिटलाई दरपीठ गर्ने निर्णय भएको जानकारी दिए। उनका अनुसार, रजिष्ट्रार मानबहादुर कार्कीले ती निवेदनहरू दरपीठ गर्ने आदेश गरेका हुन्।

