Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 03:13:23
पहिलोपटक खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्ति हुँदै, आवेदन आह्वान
NEWS

पहिलोपटक खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्ति हुँदै, आवेदन आह्वान

काठमाण्डौ । परराष्ट्र मन्त्रालयले पहिलो पटक खुला आवेदन आह्वानमार्फत राजदूत नियुक्ति प्रक्रिया अघि बढाएको छ। मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै योग्य तथा इच्छुक नेपाली नागरिकलाई आगामी जेठ २२ गते अपराह्न ५ बजेसम्म आवेदन दिन आह्वान गरेको हो।

सुधारको उद्घोष कि पुरानै संरचनामा नयाँ नारा ? आज आउँदैछ २०८३/८४ को बजेट
PRE-BUDGET DISCUSSION

सुधारको उद्घोष कि पुरानै संरचनामा नयाँ नारा ? आज आउँदैछ २०८३/८४ को बजेट

काठमाण्डौ । सरकारले आज आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दैछ । लगातार बढ्दो सार्वजनिक ऋण, कमजोर खर्च क्षमता र सीमित राजस्व वृद्धिबीच आउन लागेको यो बजेटलाई सरकारले आर्थिक रूपान्तरणको प्रारम्भिक खाकाका रूपमा प्रस्तुत गर्ने तयारी गरेको छ।अर्थमन्त्री स्वर्णिम वाग्लेले संसद्को संयुक्त बैठकमा अपराह्न ४ बजे बजेट प्रस्तुत गर्ने कार्यक्रम छ। अर्थ मन्त्रालयका...

अमेरिका–इरान वार्ता निर्णायक मोडमा, अस्थायी समझदारी नजिक
NEWS

अमेरिका–इरान वार्ता निर्णायक मोडमा, अस्थायी समझदारी नजिक

काठमाण्डौं । अमेरिका र इरानबीच महिनौँदेखि जारी तनावका बीच अस्थायी युद्धविराम र आणविक वार्तालाई नयाँ ढाँचामा अघि बढाउने प्रयास तीव्र बनेको छ ।  दुवै पक्ष ६० दिने अन्तरिम समझदारीको नजिक पुगेको दाबी गरिए पनि अन्तिम राजनीतिक सहमति भने अझै टुंगो लाग्न बाँकी रहेको अन्तर्राष्ट्रिय स्रोतहरूले जनाएका छन् ।

मेघगर्जनसहित वर्षाको सम्भावना, केही क्षेत्रमा हावाहुरीको चेतावनी
NEWS

मेघगर्जनसहित वर्षाको सम्भावना, केही क्षेत्रमा हावाहुरीको चेतावनी

काठमाण्डौं । पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी क्षेत्रनजिक सक्रिय न्यूनचापीय प्रणालीको प्रभावका कारण देशभर मौसममा उल्लेख्य परिवर्तन देखिएको छ ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार गएरातिदेखि नै विभिन्न प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र वर्षाको क्रम जारी रहेको छ । 

आज गणतन्त्र दिवस मनाइँदै, प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने
NEWS

आज गणतन्त्र दिवस मनाइँदै, प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने

काठमाण्डौ । आज गणतन्त्र दिवसका अवसरमा देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।  संविधानसभाको निर्वाचनबाट निर्वाचित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते व्यवस्थापिका–संसदबाट गणतन्त्र स्थापनाको घोषणा गरेको दिनलाई गणतन्त्र दिवसको रुपमा मनाइँदै आएको छ ।

“बजेटको अघिल्लो रातः सिंहदरबारमा के हुँदैछ ?”
BUDGET

“बजेटको अघिल्लो रातः सिंहदरबारमा के हुँदैछ ?”

बजेटको अघिल्लो रात

कूटनीतिमा नयाँ अभ्यासः सरकारले पहिलोपटक खुलायो राजदूत आवेदन
NEWS

कूटनीतिमा नयाँ अभ्यासः सरकारले पहिलोपटक खुलायो राजदूत आवेदन

काठमाण्डौ । सरकारले पहिलोपटक खुला प्रतिस्पर्धामार्फत राजदूत नियुक्तिको प्रक्रिया अघि बढाएको छ । परराष्ट्र मन्त्रालयले बिहीबार सार्वजनिक सूचना जारी गर्दै इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकसँग आवेदन आह्वान गरेको हो ।मन्त्रालयका अनुसार आगामी जुन ५ भित्र आवेदन दिनुपर्नेछ । यससँगै राजदूत नियुक्तिका लागि आवश्यक योग्यता, अनुभव, आचरण र छनोट प्रक्रियासम्बन्धी विस्तृत...

विगतभन्दा फरक बजेटको तयारी, खर्च नियन्त्रणदेखि उत्पादन वृद्धिसम्म प्राथमिकता
BUDGET

विगतभन्दा फरक बजेटको तयारी, खर्च नियन्त्रणदेखि उत्पादन वृद्धिसम्म प्राथमिकता

काठमाण्डौं  । नेपालमा हरेक वर्षको बजेटले नयाँ प्राथमिकता, नयाँ घोषणा र नयाँ लक्ष्य बोकेर आउने गरेको छ ।  तर, आगामी आर्थिक वर्षको बजेट भने विगतका बजेटभन्दा केही फरक परिस्थिति, फरक दबाब र फरक अपेक्षाबीच आउन लागेको देखिन्छ ।

नेपालका चर्चित बजेट : आचार्यदेखि भरतमोहनसम्म कसको बजेट कति परिणाममुखी ?
BUDGET

नेपालका चर्चित बजेट : आचार्यदेखि भरतमोहनसम्म कसको बजेट कति परिणाममुखी ?

काठमाण्डौं । २०४६ सालपछि नेपालको बजेट इतिहासमा केही अर्थमन्त्रीका बजेटहरू विशेष रूपमा चर्चित, प्रभावशाली र परिणाममुखी मानिन्छन्।  विशेषगरी महेश आचार्य, भरतमोहन अधिकारी, डा.बाबुराम भट्टराई र डा. रामशरण महत ले ल्याएका बजेटहरूले नेपालको आर्थिक नीति, कर प्रणाली, सामाजिक सुरक्षा, पूर्वाधार विकास र राजस्व सुधारमा फरक–फरक प्रभाव पारेका थिए।

२०४६ पछिका बजेट : उदारीकरणदेखि संघीयता, पुनर्निर्माण र सामाजिक सुरक्षासम्म नेपालको आर्थिक यात्राको चित्र
BUDGET

२०४६ पछिका बजेट : उदारीकरणदेखि संघीयता, पुनर्निर्माण र सामाजिक सुरक्षासम्म नेपालको आर्थिक यात्राको चित्र

काठमाण्डौं । २०४६ सालको जनआन्दोलनपछि नेपालमा बहुदलीय प्रजातन्त्र पुनःस्थापना भएसँगै मुलुकको राजनीतिक संरचना मात्र होइन, आर्थिक नीति, सार्वजनिक खर्च प्रणाली र बजेटको स्वरूपमा पनि गहिरो परिवर्तन देखिन थाल्यो।  त्यसयता बनेका सरकार, बदलिँदो राजनीतिक परिस्थिति, सशस्त्र द्वन्द्व, शान्ति प्रक्रिया, संविधान निर्माण, संघीयता, महामारी तथा आर्थिक चुनौतीले नेपालको बजेट...

राष्ट्रपतिसमक्ष बजेटको ‘फाइनल ब्रिफिङ’, अर्थमन्त्री वाग्ले शीतल निवासमा
NEWS

राष्ट्रपतिसमक्ष बजेटको ‘फाइनल ब्रिफिङ’, अर्थमन्त्री वाग्ले शीतल निवासमा

काठमाण्डौ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुनुअघि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेललाई बजेटबारे औपचारिक जानकारी गराएका छन् ।

राजस्व संकटबीच ‘मेगा बजेट’ल्याउँदै सरकारः विकास खर्च सुस्त, ऋणकै मात्र भरले कहाँ पुगिएला ?
NEWS

राजस्व संकटबीच ‘मेगा बजेट’ल्याउँदै सरकारः विकास खर्च सुस्त, ऋणकै मात्र भरले कहाँ पुगिएला ?

-रविन ठकुरी काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि महत्वाकांक्षी आकारको बजेट ल्याउने संकेत गरिरहँदा त्यसलाई धान्ने स्रोतको अवस्था भने कमजोर देखिएको छ । राजस्व संकलन लक्ष्यभन्दा धेरै पछाडि, पूँजीगत खर्च ऐतिहासिक रूपमा सुस्त र वैदेशिक सहायता अपेक्षाभन्दा न्यून रहँदा ठूलो बजेट घोषणामै सीमित हुने खतरा बढेको विश्लेषण हुन थालेको छ ।चालु आर्थिक वर्ष सकिन एक...

प्लस भर्जन ल्याउँदै इन्स्टाग्राम फेसबुक र वाट्सएपः अरुको स्टोरी लुकेर हेर्न पाइने, आफ्नो २४ घण्टा भन्दा बढी समयसम्म राख्न सकिने
OTHERS

प्लस भर्जन ल्याउँदै इन्स्टाग्राम फेसबुक र वाट्सएपः अरुको स्टोरी लुकेर हेर्न पाइने, आफ्नो २४ घण्टा भन्दा बढी समयसम्म राख्न सकिने

काठमाण्डौ । सामाजिक सञ्जाल कम्पनी मेटाले इन्स्टाग्राम, फेसबुक र वाट्सएपका लागि नयाँ सब्सक्रिप्सन प्लान पेश गरेको छ । यसका माध्यमबाट यी एप्सको ‘एप्स भर्जन’ रोल आउट गरिने भएको छ । यो प्लान लिने प्रयोगकर्ताहरुलाई स्पेशल टूल्स तथा कस्टमाइजेशनको विकल्प दिइनेछ ।यो कदम मेटाको विज्ञापनका अलावा कमाईको नयाँ माध्यम बनाउने रणनीतिको एक हिस्सा हो । नयाँ एप्स प्लानले कम्पनीको वर्तमान...

खाने तेलमै कैफियत, विभागले रोक्यो ‘तेज’ ब्रान्डको बिक्री
NEWS

खाने तेलमै कैफियत, विभागले रोक्यो ‘तेज’ ब्रान्डको बिक्री

काठमाण्डौं । बजारमा बिक्री भइरहेको ‘तेज’ ब्रान्डको तोरी तेल न्यून गुणस्तरको भेटिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उक्त उत्पादन तत्काल बजारबाट हटाउन कडा निर्देशन दिएको छ ।विभागले रुपन्देहीस्थित सिद्धार्थ आयल इन्डस्ट्रिजद्वारा उत्पादन गरिएको तोरी तेल सरकारी खाद्य मापदण्डअनुसार नभेटिएको भन्दै बिक्री वितरणसमेत रोक्न आदेश जारी गरेको हो ।

सुतिरहेका बेला स्कूलमा भीषण आगलागी, १६ विद्यार्थीको मृत्यु, ७४ विद्यार्थी घाइते
NEWS

सुतिरहेका बेला स्कूलमा भीषण आगलागी, १६ विद्यार्थीको मृत्यु, ७४ विद्यार्थी घाइते

काठमाण्डौं । पूर्वी अफ्रिकी मुलुक केन्यामा भएको भीषण आगलागीमा परी कम्तीमा १६ विद्यार्थीको ज्यान गएको छ भने दर्जनौँ विद्यार्थी घाइते भएका छन् ।  राजधानी नैरोबीबाट करिब १२० किलोमिटर पश्चिममा रहेको गिलगिल क्षेत्रको एक बोर्डिङ स्कुलमा आगलागी हुँदा घटना भएको हो ।

कार्की आयोग ‘अपूर्ण’ रहेको कांग्रेसको दाबी, थप अनुसन्धानको माग
NEWS

कार्की आयोग ‘अपूर्ण’ रहेको कांग्रेसको दाबी, थप अनुसन्धानको माग

काठमाण्डौं । नेपाली कांग्रेसले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनलाई गम्भीर रूपमा लिन सरकारलाई आग्रह गर्दै घटनाबारे थप निष्पक्ष अनुसन्धान अघि बढाउन माग गरेको छ ।  कांग्रेसले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन पर्याप्त नभएको आफ्नो पुरानै अडानलाई मानव अधिकार आयोगको पछिल्लो प्रतिवेदनले समेत पुष्टि गरेको दाबी गरेको छ...

निर्माण व्यवसायीहरुको समस्या सम्बोधन गर्न परिसंघको आग्रह
ECONOMY& POLITICS

निर्माण व्यवसायीहरुको समस्या सम्बोधन गर्न परिसंघको आग्रह

काठमाण्डौ । मध्यपूर्वमा जारी युद्धका कारण इन्धनमा भएको उच्च मूल्यबृद्धिले नेपाली अर्थव्यस्था समेत प्रत्यक्ष प्रभावित भईरहेको छ । मध्यपूर्वको युद्ध अघि (फेव्रेवरी १५) डिजेल प्रति लिटर रु. १ सय ३९ रहेकोमा हाल प्रति लिटर रु. २ सय २५ र बिटुमिनको मूल्य प्रति के.जी रु. ७५ बाट रु. १ सय ५५ पुगेको छ ।

अरुणमा पानी बढ्यो, सतिघाट फेरी ठप्प, पाँच वर्षदेखि अस्थायी समाधानमै सीमित सतिघाट
NEWS

अरुणमा पानी बढ्यो, सतिघाट फेरी ठप्प, पाँच वर्षदेखि अस्थायी समाधानमै सीमित सतिघाट

काठमाण्डौं । मनसुन शुरु भएसँगै अरुण नदीमा पानीको बहाव बढ्दा सङ्खुवासभा र भोजपुर जोड्ने सतिघाट फेरी सेवा बन्द भएको छ ।  तर, यो केवल एउटा फेरी रोकिनुको घटना मात्र होइन, यसले पूर्वी पहाडी क्षेत्रको दशकौँ पुरानो पूर्वाधार अभाव र राज्यको सुस्त विकास मोडललाई फेरि उजागर गरिदिएको छ ।

बंगलादेशमा ‘डोनाल्ड ट्रम्प’ जस्तो देखिने भैंसी बलिबाट जोगाइयो, राष्ट्रिय चिडियाखानामा राखिने
OTHERS

बंगलादेशमा ‘डोनाल्ड ट्रम्प’ जस्तो देखिने भैंसी बलिबाट जोगाइयो, राष्ट्रिय चिडियाखानामा राखिने

काठमाण्डौ । बंगलादेशमा सामाजिक सञ्जालमा भाइरल बनेको एक दुर्लभ सेतो भैंसीलाई ईद–उल–अजहाको बलिबाट जोगाएर राष्ट्रिय चिडियाखानामा सारिएको छ। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प सँग मिल्दोजुल्दो अनुहार र कपालको बनोट भएका कारण उक्त भैंसीले व्यापक चर्चा पाएको थियो।करिब ७०० किलोग्राम तौल भएको उक्त भैंसीको निधारमा रहेको सेतो दाग र माथितिर उठेको कपालको शैलीलाई लिएर सामाजिक...

वीरगञ्ज नाकाबाट पेट्रोलियम आयातमा विस्फोटक वृद्धि, १० महिनामै १ खर्ब ८१ अर्बको इन्धन आयात
NEWS

वीरगञ्ज नाकाबाट पेट्रोलियम आयातमा विस्फोटक वृद्धि, १० महिनामै १ खर्ब ८१ अर्बको इन्धन आयात

काठमाण्डौं । नेपालको अर्थतन्त्र अझै पेट्रोलियम पदार्थमाथिको उच्च निर्भरताबाट मुक्त हुन नसकेको तथ्य वीरगञ्ज नाकाको पछिल्लो आयात तथ्यांकले फेरि उजागर गरेको छ ।  चालू आर्थिक वर्षको पहिलो १० महिनामै वीरगञ्ज नाका हुँदै मात्रै १ खर्ब ८१ अर्ब ७० करोड रुपैयाँ बराबरका पेट्रोलियम पदार्थ नेपाल भित्रिएको छ । 

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.