Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 02:01:58
सरकारी नीतिकै कारण व्यवसायमा समस्या: महासंघ अध्यक्ष श्रेष्ठ
ECONOMY& POLITICS

सरकारी नीतिकै कारण व्यवसायमा समस्या: महासंघ अध्यक्ष श्रेष्ठ

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले सरकारी नीतिकै कारण व्यवसायमा अनेकौं समस्या आउने गरेको बताएका छन् । नेपाल रत्न तथा आभुषण संघले महासंघको नयाँ नेतृत्वलाई बधाइ तथा सम्मान गर्न आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो टिप्पणी गरेका हुन् ।अध्यक्ष श्रेष्ठले सुनचाँदी, हिरा र बहुमूल्य पत्थरको व्यवसाय बाहिरबाट हेर्दा चम्किलो...

बाढीको चुनौती चिर्दै लक्ष्यतर्फ त्रिशूली–१, वियर गेटको सफल परीक्षण
NEWS

बाढीको चुनौती चिर्दै लक्ष्यतर्फ त्रिशूली–१, वियर गेटको सफल परीक्षण

काठमाण्डौं । प्रत्यक्ष वैदेशिक लगानीमा निर्माण भइरहेको नेपालको सबैभन्दा ठूलो जलविद्युत आयोजना माथिल्लो त्रिशूली–१ ले निर्माणको अर्को महत्वपूर्ण खुड्किलो पार गरेको छ ।  २१६ मेगावाट क्षमताको उक्त आयोजनामा बाँधको मुख्य संरचनामध्ये एक मानिने वियर गेट सफलतापूर्वक जडान तथा परीक्षण भएपछि आयोजना अब उत्पादन तयारीको थप नजिक पुगेको छ ।

२० खर्ब माथिको बजेट, तर प्रश्न एउटै– चल्छ कि चल्दैन अर्थतन्त्र ?
BUDGET

२० खर्ब माथिको बजेट, तर प्रश्न एउटै– चल्छ कि चल्दैन अर्थतन्त्र ?

काठमाण्डौं । आर्थिक वर्ष २०८३/८४ को बजेट आज सार्वजनिक हुँदैछ ।  तर, यसपटकको बजेटमाथिको चासो केवल कर बढ्छ कि घट्छ, कुन क्षेत्रमा कति रकम छुट्याइन्छ वा बजेटको आकार कति हुन्छ भन्नेमा मात्र सीमित छैन । 

बिनास नगरी पनि विकास गर्न सकिन्छ भन्ने कुरा बिर्सन हुन्न
PUBLIC EXPECTATION

बिनास नगरी पनि विकास गर्न सकिन्छ भन्ने कुरा बिर्सन हुन्न

जनमत

बर्तमान सरकारले केही राम्रो गर्छ भन्ने आशा छ
PUBLIC EXPECTATION

बर्तमान सरकारले केही राम्रो गर्छ भन्ने आशा छ

जनमत

मधेश प्रदेशसभामा नीति तथा कार्यक्रम : विकासको दिशा फेरिने संकेत, एक करोडमुनिका योजना निरुत्साहित
BUDGET

मधेश प्रदेशसभामा नीति तथा कार्यक्रम : विकासको दिशा फेरिने संकेत, एक करोडमुनिका योजना निरुत्साहित

काठमाण्डौं । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आफ्नो नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ ।  प्रदेशसभामा प्रस्तुत हुने उक्त दस्तावेजले आगामी वर्षको विकास प्राथमिकता, बजेटको दिशा र प्रदेश सरकारको आर्थिक–सामाजिक एजेन्डा स्पष्ट पार्ने अपेक्षा गरिएको छ ।

बजेट भाषण बुझ्न गाह्रो लाग्छ ? यी शब्द बुझ्नुभयो भने अर्थमन्त्रीको पूरा भाषण सजिलै बुझ्नुहुन्छ !
BUDGET

बजेट भाषण बुझ्न गाह्रो लाग्छ ? यी शब्द बुझ्नुभयो भने अर्थमन्त्रीको पूरा भाषण सजिलै बुझ्नुहुन्छ !

काठमाडौं । सरकारले हरेक वर्ष जेठ १५ गते संसदमा बजेट प्रस्तुत गर्छ। तर बजेट भाषण सुन्दा अधिकांश नागरिकलाई एउटा समस्या हुन्छ: अर्थमन्त्रीले प्रयोग गर्ने आर्थिक र प्राविधिक शब्दहरू बुझ्न गाह्रो लाग्नु।‘राजस्व’, ‘वित्तीय व्यवस्था’, ‘पुँजीगत खर्च’, ‘भन्सार महसुल’, ‘जीडीपी’, ‘मुद्रास्फीति’, ‘वित्तीय समानीकरण अनुदान’ जस्ता शब्द बजेट भाषणमा बारम्बार दोहोरिन्छन्। तर यिनको अर्थ...

बजेटअघि २ः३० मा मन्त्रिपरिषद् बैठक,राष्ट्रले पाउँदैछ युगान्तकारी आर्थिक मार्गचित्र
BUDGET

बजेटअघि २ः३० मा मन्त्रिपरिषद् बैठक,राष्ट्रले पाउँदैछ युगान्तकारी आर्थिक मार्गचित्र

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज सार्वजनिक गर्दैछ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त बैठकमा दिउँसो ४ बजे आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ।

सुस्त अर्थतन्त्रलाई गति दिन कर प्रणालीमा ठूलो हेरफेरको तयारी
NEWS

सुस्त अर्थतन्त्रलाई गति दिन कर प्रणालीमा ठूलो हेरफेरको तयारी

काठमाण्डौं । अर्थतन्त्रमा देखिएको सुस्ती, निजी क्षेत्रको घट्दो मनोबल र बजारमा खस्किएको मागलाई पुनर्जीवित गर्ने दबाबबीच सरकारले आगामी बजेटलाई ‘राजस्वमुखी’ भन्दा ‘आर्थिक पुनरुत्थानमुखी’ बनाउने संकेत दिएको छ ।  अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गर्ने पहिलो बजेटले कर उठाउनेभन्दा आर्थिक गतिविधि बढाउने लक्ष्यलाई प्राथमिकता दिन सक्ने स्रोतहरूको दाबी छ ।

बजेटअघि भन्सार ठप्प, नयाँ कर संरचनाको प्रतीक्षा
NEWS

बजेटअघि भन्सार ठप्प, नयाँ कर संरचनाको प्रतीक्षा

काठमाण्डौं । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुन केही घण्टा बाँकी रहँदा देशभरका भन्सार नाकामा जाँचपास प्रक्रिया अस्थायी रूपमा रोकिएको छ ।  बजेटमार्फत परिवर्तन हुन सक्ने कर, भन्सार महसुल र शुल्कका नयाँ दर लागू गर्नुपर्ने भएकाले सरकारले नियमित आयात–निर्यात प्रक्रिया केही समयका लागि स्थगित गरेको हो ।

सरकारी कर्मचारीका लागि ‘गोल्डेन ह्यान्डसेक’ ! स्वेच्छिक अवकाशमा विशेष प्याकेज
NEWS

सरकारी कर्मचारीका लागि ‘गोल्डेन ह्यान्डसेक’ ! स्वेच्छिक अवकाशमा विशेष प्याकेज

काठमाण्डौं । बढ्दो प्रशासनिक खर्च नियन्त्रण गर्ने अभियानमा लागेको सरकारले अब कर्मचारी व्यवस्थापनलाई केन्द्रमा राखेर नयाँ रणनीति अघि सार्ने भएको छ ।  आगामी आर्थिक वर्षको बजेटमार्फत स्वेच्छिक अवकाश कार्यक्रमलाई सक्रिय बनाउँदै सरकारी संयन्त्रको आकार घटाउने तयारी गरिएको स्रोतहरूले बताएका छन् ।

बजेटको मुखमा सरकारभित्रै शक्ति संघर्ष, मुख्यमन्त्री कि मन्त्री फेरबदल ?
NEWS

बजेटको मुखमा सरकारभित्रै शक्ति संघर्ष, मुख्यमन्त्री कि मन्त्री फेरबदल ?

काठमाण्डौं । लुम्बिनी प्रदेश सरकार आगामी आर्थिक वर्षको बजेट तयारीमा केन्द्रित हुनुपर्ने बेला सत्ता गठबन्धनभित्र नेतृत्व र मन्त्रालय बाँडफाँडको विवादले नयाँ मोड लिएको छ ।  बजेट ल्याउने तयारीभन्दा पनि मुख्यमन्त्री परिवर्तन गर्ने कि नगर्ने भन्ने बहस अहिले प्रदेश राजनीतिमा प्रमुख एजेन्डा बनेको छ ।

आइतबार बिदा विवाद : २२० दिनको पढाइ संकटमा, केन्द्र सरकारको निर्णयप्रति स्थानीय तह असन्तुष्ट
NEWS

आइतबार बिदा विवाद : २२० दिनको पढाइ संकटमा, केन्द्र सरकारको निर्णयप्रति स्थानीय तह असन्तुष्ट

काठमाण्डौं । विद्यालयमा आइतबार बिदा दिने केन्द्र सरकारको निर्णयले संघीय शासन व्यवस्थाभित्र अधिकार बाँडफाँडको विषयलाई पुनः विवादको केन्द्रमा ल्याएको छ ।  काठमाडौँ उपत्यकाका स्थानीय तहहरूले शिक्षा क्षेत्र आफ्नो संवैधानिक अधिकारभित्र पर्ने विषय भएको भन्दै केन्द्र सरकारले एकतर्फी निर्णय गरेर स्थानीय सरकारको भूमिका कमजोर बनाउन खोजेको आरोप लगाएका छन् ।

फिटनेस शंकाबीच पनि टिममा समेटिए मेस्सी, अर्जेन्टिनाको २६ सदस्यीय विश्वकप टोली घोषणा
NEWS

फिटनेस शंकाबीच पनि टिममा समेटिए मेस्सी, अर्जेन्टिनाको २६ सदस्यीय विश्वकप टोली घोषणा

काठमाण्डौ । अर्जेन्टिनाले आगामी फिफा विश्वकपका लागि आफ्नो २६ सदस्यीय टोली सार्वजनिक गरेको छ । जसमा कप्तान लियोनल मेस्सीको नाम पनि समावेश गरिएको छ। केही दिनदेखि उनको फिटनेसलाई लिएर उठेको शंकाबीच पनि प्रशिक्षक लियोनेल स्कालोनीले उनलाई टोलीमा राखेका हुन्।३८ वर्षीय मेस्सीले हालै आफ्नो क्लब इन्टर मियामीका लागि खेलेको अन्तिम खेलमा बायाँ ह्यामस्ट्रिङमा मांसपेशी समस्याका...

अन्तिम रातसम्म बजेट म्याराथनः अर्थमन्त्री वाग्ले रातभर मन्त्रालयमै
BUDGET

अन्तिम रातसम्म बजेट म्याराथनः अर्थमन्त्री वाग्ले रातभर मन्त्रालयमै

काठमाण्डौ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्नुअघि सरकार अन्तिम तयारीमा व्यस्त देखिएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले आज  संसद्को संयुक्त बैठकमा अपराह्न ४ बजे बजेट प्रस्तुत गर्दैछन् । वाग्लेको नेतृत्वमा तयार भइरहेको बजेटलाई अन्तिम रूप दिन उनी दिनरात खटिरहेका छन् रयस क्रममा उनी बजेटको अघिल्लो रात अर्थात बिहिबार अर्थ मन्त्रालयमा राति अबेरसम्म बसेको...

बेलायतबाट शुरु भएको आधुनिक बजेट प्रणाली नेपालसम्म कसरी आइपुग्यो ?
BUDGET

बेलायतबाट शुरु भएको आधुनिक बजेट प्रणाली नेपालसम्म कसरी आइपुग्यो ?

काठमाण्डौं  । बजेट कुनै पनि देशको आर्थिक नीति, राज्य सञ्चालन र विकास प्राथमिकताको सबैभन्दा महत्वपूर्ण वार्षिक दस्तावेज हो ।  यसले सरकारको एक आर्थिक वर्षभित्र हुने कुल आम्दानी र सो आम्दानी कहाँ–कहाँ, कसरी र कुन प्राथमिकतामा खर्च गरिन्छ भन्ने स्पष्ट खाका प्रस्तुत गर्छ ।   

आर्थिक गणनामा १० लाखभन्दा बढी प्रतिष्ठान समेटिए, ७०% प्रगति हासिल
NEWS

आर्थिक गणनामा १० लाखभन्दा बढी प्रतिष्ठान समेटिए, ७०% प्रगति हासिल

काठमाण्डौ । राष्ट्रिय तथ्यांक कार्यालयले सञ्चालन गरिरहेको दोस्रो राष्ट्रिय आर्थिक गणनाअन्तर्गत हालसम्म १० लाख २० हजार ९०४ व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण संकलन गरिएको छ। करिब १४ लाख प्रतिष्ठान समेट्ने लक्ष्यसहित सुरु गरिएको गणनाले देशको औपचारिक तथा अनौपचारिक अर्थतन्त्रको वास्तविक आकार उजागर गर्ने अपेक्षा गरिएको छ।गत वैशाख २ गतेदेखि सुरु भई असार ७ गतेसम्म...

राणाकालीन बजेट: दरबारकेन्द्रित अर्थतन्त्र र गोप्य वित्त प्रणाली, विकासभन्दा दरबार र सुरक्षामा बढी खर्च
BUDGET

राणाकालीन बजेट: दरबारकेन्द्रित अर्थतन्त्र र गोप्य वित्त प्रणाली, विकासभन्दा दरबार र सुरक्षामा बढी खर्च

काठमाण्डौं  । नेपालको राणाकाल (१९०३–२००७) मा बजेट प्रणाली आजको आधुनिक सार्वजनिक वित्त व्यवस्थाजस्तो औपचारिक, पारदर्शी र योजनाबद्ध संरचनामा आधारित थिएन ।  त्यो समय राज्यको सम्पूर्ण आर्थिक स्रोत, राजस्व संकलन र खर्चको निर्णय राणा शासक परिवारको प्रत्यक्ष नियन्त्रणमा केन्द्रित थियो । 

पञ्चायतकालीन बजेट : केन्द्रीकृत शासन र राज्य–नियन्त्रित अर्थतन्त्रको आधार
BUDGET

पञ्चायतकालीन बजेट : केन्द्रीकृत शासन र राज्य–नियन्त्रित अर्थतन्त्रको आधार

काठमाण्डौं । नेपालमा पञ्चायतकाल (२०१७–२०४६) का बजेटहरू राजनीतिक संरचना, शासन प्रणाली र आर्थिक नीति सबै दृष्टिले वर्तमान संघीय लोकतान्त्रिक प्रणालीभन्दा पूर्णतः फरक प्रकृतिका थिए ।  त्यसबेला बजेटलाई केवल आर्थिक योजना नभई केन्द्रीकृत शासनलाई सञ्चालन र सुदृढ बनाउने प्रमुख औजारका रूपमा पनि प्रयोग गरिन्थ्यो भन्ने विश्लेषण पाइन्छ ।

काठमाडौँ महानगरको छात्रवृत्ति परीक्षामा २६ हजार ६८० विद्यार्थी सहभागी हुने, २६ हजार ८८८ आवेदनमध्ये २०८ अस्वीकृत
NEWS

काठमाडौँ महानगरको छात्रवृत्ति परीक्षामा २६ हजार ६८० विद्यार्थी सहभागी हुने, २६ हजार ८८८ आवेदनमध्ये २०८ अस्वीकृत

काठमाण्डौं । काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ का लागि सञ्चालन गर्न लागेको छात्रवृत्ति छनोट परीक्षा यस वर्ष पनि ठूलो संख्यामा विद्यार्थीको आकर्षणको केन्द्र बनेको छ ।  आगामी आइतबार हुने परीक्षामा २६ हजार ६८० जना विद्यार्थी सहभागी हुने भएका छन् ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.