Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 06:52:43
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

भारतीय सेयर बजारमा समेत डिपसिकको प्रभाव, सेयरमूल्यमा ५०% सम्मको गिरावट

Laxmi Sunrise Bank Limited
भारतीय सेयर बजारमा समेत डिपसिकको प्रभाव, सेयरमूल्यमा ५०% सम्मको गिरावट
Shivam Cement

काठमाण्डौ । चिनियाँ ‘डिपसिक’ नामक स्टार्टअप एआई लञ्चले विश्वभर तहल्का मच्चिएको छ । यस कारण विशेष गरी अमेरिकी सेयर बजारमा भारी गिरावट आईरहेको छ । अमेरिकी टेक कम्पनी एनभिडियाको सेयरमूल्य दुई दिनमा २० प्रतिशतभन्दा बढीले घटिसकेको छ । जसका कारण यो कम्पनीको बजार पूँजीकरण ६ सय अर्ब डलरसम्मले घटेको छ ।  

डिपसिकका कारण अमेरिकी सेयर बजारका साथै छिमेकी राष्ट्र भारतको सेयर  बजार समेत प्रभावित बनेको छ । डिपसिक आरवान मोडल बजारमा आएसँगै भारतीय बजारमा सूचिकृत केही कम्पनीको सेयरमूल्य पछिल्लो २–३ कारोबार सत्रको क्रममा करिब ५० प्रतिशतले घटिसकेको छ ।  

Bizshala
New Office
CG Motors

यी कम्पनीहरुमा अनन्त राज,नेटवेब टेक्नोलोजिज इण्डिया र जेन टेक्नोलोजिज् रहेका छन् ।  

डिपसिकले च्याटजीपीटीको विकल्प रहेको दाबी गरेको छ । जुन कम लागत तथा कम चिप्ससँग आउने कम्पनीले जनाएको छ । यो मोडल निःशुल्क हुने जनाइएको छ ।  

भारतीय कम्पनी नेटवेब एनभिडियाको साझेदार हो । त्यस्तै अनन्त राज भारतको एउटा प्रमुख डेटा सेन्टर खेलाडी हो । डिपसिकका कारण अनन्त राज लिमिटेडको सेयर मंगलबार २० प्रतिशतले घटेको थियो । सोमबार पनि कम्पनीको सेयरमूल्य १७ प्रतिशतले घटेको थियो ।  

Garima Development Bank
Shivam Cement
Bizshala

यस्तै नेटवेब टेक्नोलोजीको सेयर पनि मंगलबार १० प्रतिशत र सोमबार ११ प्रतिशतले घटेको थियो ।  

जेन टेक्नोलोजीको सेयर पनि मंगलबार १४ र सोमबार ६ प्रतिशतले घटेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.