कुमारी क्यापिटलले डाक्यो साधारण सभा, लाभांश पारित मुख्य अजेण्डा
काठमाण्डौ । कुमारी क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको भदौ १० गते बसेको सञ्चालक समितिको बैठकले छैठौं साधारण सभा डाकेको हो । कम्पनीको उक्त सभा आगामी असोज ३ गते काठमाण्डौको टंगालमा रहेको कुमारी बैंकको कार्यालयमा साँझ ५ बजेबाट सुरु हुनेछ ।